काठमाडाैं : नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सांसद धर्मराज रेग्मीले जननिर्वाचित सांसदको पद प्रचण्डको सनकमा फालिने व्यवस्था नभएको लेखेका छन्।
आज फेसबुकमार्फत लामो स्टाटस लेख्दै उनले 'दैलेखजस्तो माओवादी लेखेटिएको' ठाउँबाट आफूले जिते पनि पार्टीले आफूलाई नबुझेको भन्दै पीडा पोखेका हुन्।
आज माओवादी केन्द्रले उनै रेग्मीलाई पदमुक्त गरेको थियो। माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनको सदस्य पद धरापमा परेको हो। उनी दैलेख निर्वाचन क्षेत्र नं १ क बाट निर्वाचित सांसद हुन्...