आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको हालसम्ममा रु ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा रु ६७ करोड ९६ लाख ४९ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु चार करोड ३० लाख ९९ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो ।