काठमाडौं : दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ।वर्षमा एकपटक भाइटिकाको दिन मात्र खोल्ने यस मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु यस मन्दिरमा बिहानैदेखि मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाइरहेका छन्। आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ।यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको