वि.सं. २०६६ सालतिरको कुरा हो, दक्षिण कोरियामा झण्डै दुई दशक बिताएर घर फर्किएका प्रेम गुरुङलाई नेपालमा बस्न पटक्कै मन थिएन । उहाँ बेलायत जाने सुरसारमा हुनुहुन्थ्यो ।त्यहीबेला बेलायतबाट आएका आफ्ना मामालाई लिन उहाँ त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । मामालाई पर्खिरहेका उहाँको ध्यान तान्यो एक बालकले । सानो बालक आफ्नो बाबुको पाइन्ट समातेर रोइरहेको थियो ।बुवा रोजगारीको लागि साउदी जान लागेकोले बच्चा रोएको रहेछ । बच्चाका बुवा, आमा सबै रोइरहेका थिए । त्यो दृश्यले निकै भावुक बनायो प्रेमलाई । ‘छोराछोरी श्रीमतीलाई र...