काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका कारण काठमाण्डौ भित्रिनेहरुको चाप बढेको छ ।
कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता काठमाण्डौ आउन थालेका हुन् । मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
गएको २४ घण्टामा काठमाण्डौसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै गाडी उपत्यका भित्रिएका छन् ।
यो सङ्ख्या आज ...