काठमाडौं। प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। मञ्चले विहीबार भेला आयोजना गर्दै महामारीविरुद्ध लड्न ५० लाखको 'कोभिड-१९ च्यालेन्ज फण्ड' खडा गरेर नेपाललाई सहयोग गर्ने घोषणा गरेका हुन्। फण्डको रकमबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने र स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गरिने छ।