आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम भएका छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरिएको अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो ।