बागलुङका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु शहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच दुग्ध किसान भने उल्टै शहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
गलकोट (बागलुङ)- जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रक...
जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
बागलुङका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु शहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच दुग्ध किसान भने उल्टै शहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
गलकोट । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए […]
बागलुङ । बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गतवर्षदेखि प्रोत्साहनस्वरूप अनुदान दिन थालेको हो ।
आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले बताएको छ । अनुदान पाउन ती सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । जिल्ला दूधमा आत्मनिर्भर छ । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि दूधमा अनुदान दिन थालिएको केन्द्रका पशु अधिकृत केशव शर्माले जानकारी दिए । ‘गतवर्ष दूधमा अनुदान दिन ४१ लाख बजेट विनियोजन गरिएको थियो, तर १८ लाखमात्र अनुदान भुक्तानी भयो,’ उनले भने, ‘यस आर्थिक वर्षमा समेत आठओटा सहकारीका तिनै किसानलाई भुक्तानी गर्ने गरी १८ लाख नै बजेट व्यवस्थापन गरेका छौं, असारसम्म भुक्तानी भइसक्छ ।’
दुग्ध सहकारीले किसानको दूधको रकम माग गरे चार–चार महिनामै मुक्तानी गर्न सकिने कार्यालयको भनाइ छ । दैनिक २०० लिटरभन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा जम्मा आठ मात्र सहकारी छन् । रासस
गलकोट । बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो । आठ सहकारीमार्फत […]
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई अनुदान वितरण गरेको छ । किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र दूध, खसीबोका र अन्डा उत्पादन गर्ने १०१ किसानलाई अनुदान वितरण गरिएको हो ।
किसानको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाइ उत्पादनका आधारमा अनुदान प्रदान गर्ने, रोजगारी प्रदान गर्ने र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले अनुदान वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यो वर्ष गाउँपालिकाभित्रका किसानलाई ४ लाख ९९ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । दूध उत्पादन गर्ने १३ किसानलाई २ लाख ९ हजार ५ सय, खसीबोका उत्पादन गर्ने ८९ जनालाई २ लाख ६९ हजार ५ सय र अन्डा उत्पादन गर्ने १ जना किसानलाई २० हजार गरी ४ लाख ९९ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।
गाउँपालिकाको नीतिअनुसार दूध उत्पादक किसानले जति लिटर दूध उत्पादन गर्छन्, पालिकाले प्रतिलिटर ५ रुपैयाँका दरले किसानलाई अनुदान दिँदै आएको छ । यस्तै, खसीबोका उत्पादन गर्ने किसानलाई प्रतिखसीबोका ५ सय र अन्डा उत्पादनतर्फ प्रतिगोटाको ५० पैसाका दरले अनुदान दिइँदै आएको छ । गत वर्षदेखि नै यो कार्यक्रम सञ्चालन गर्न थालिएको थियो ।
अनुदान प्राप्त गर्न खसीबोकातर्फ आफैंले उत्पादन गरेर वार्षिक ५ वटा जिउँदो खसीबोका बिक्री गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, दूध उत्पादन गर्ने किसानले दुधालु २ वटा गाई वा भैंसी पालेको र मासिक २ सय लिटर दूध बिक्री गरेको हुनुपर्ने प्रावधान छ ।
अन्डातर्फ मासिक २ हजार अन्डा उत्पादन गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
गत बर्ष मात्रै किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत ८२ किसानको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैयाँ अनुदान दिएको थियो ।
गाउँपालिका अध्यक्ष डाँगीले यस कार्यक्रमले पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको बताए । गाउँपालिकाले किसानको उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान उत्साहित छन् ।