त्रिवेणीका किसानले पाए अनुदान

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई अनुदान वितरण गरेको छ । किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र दूध, खसीबोका र अन्डा उत्पादन गर्ने  १०१ किसानलाई अनुदान वितरण गरिएको हो । किसानको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाइ उत्पादनका आधारमा अनुदान प्रदान गर्ने, रोजगारी प्रदान गर्ने र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले अनुदान वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यो वर्ष गाउँपालिकाभित्रका किसानलाई ४ लाख ९९ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । दूध उत्पादन गर्ने १३ किसानलाई २ लाख ९ हजार ५ सय, खसीबोका उत्पादन गर्ने ८९ जनालाई २ लाख ६९ हजार ५ सय र अन्डा उत्पादन गर्ने १ जना किसानलाई २० हजार गरी  ४ लाख ९९ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । गाउँपालिकाको नीतिअनुसार दूध उत्पादक किसानले जति लिटर दूध उत्पादन गर्छन्, पालिकाले प्रतिलिटर ५ रुपैयाँका दरले किसानलाई अनुदान दिँदै आएको छ । यस्तै, खसीबोका उत्पादन गर्ने किसानलाई प्रतिखसीबोका ५ सय र अन्डा उत्पादनतर्फ प्रतिगोटाको ५० पैसाका दरले अनुदान दिइँदै आएको छ । गत वर्षदेखि नै यो कार्यक्रम सञ्चालन गर्न थालिएको थियो । अनुदान प्राप्त गर्न खसीबोकातर्फ आफैंले उत्पादन गरेर वार्षिक ५ वटा जिउँदो खसीबोका बिक्री गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, दूध उत्पादन गर्ने किसानले दुधालु २ वटा गाई वा भैंसी पालेको र मासिक २ सय लिटर दूध बिक्री गरेको हुनुपर्ने प्रावधान छ । अन्डातर्फ मासिक २ हजार अन्डा उत्पादन गरेको हुनुपर्ने प्रावधान रहेको छ । गत बर्ष मात्रै किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत ८२ किसानको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैयाँ अनुदान दिएको थियो । गाउँपालिका अध्यक्ष डाँगीले यस कार्यक्रमले पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको बताए ।  गाउँपालिकाले किसानको उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान उत्साहित छन् ।

सम्बन्धित सामग्री

विश्वविद्यालय अनुदान आयोगबाट कोटेश्वर र वीरेन्द्र क्याम्पसले पाए क्यूएए

विश्वविद्यालय अनुदान आयोगले कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौं र कैलालीको वीरेन्द्र विद्या मन्दिर क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण सर्टिफिकेट दिएको छ ।

चितवनका ७ हजार किसानले पाए प्रोत्साहन अनुदान

काठमाडौं । चितवन जिल्लामा चैतेधान खेती गरेका ६ हजार ९ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु. १ सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु. ९५ का दरले अनुदान […]

६ महानगरमध्ये पोखरालाई सबैभन्दा धेरै अनुदान, कसले कति पाए ?

१६ जेठ, काठमाडौं । ६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटको ‘अन्तर सरकारी वित्तीय हस्तान्तरण’ अनुसार पोखराले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक […]

मुस्ताङका स्थानीय तहले करिब रु ९४ करोड अनुदान पाए

काठमाडौँ,२२ जेठ । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पूँजीगततर्फ रु १४ […]

मुस्ताङका स्थानीय तहले पाए ९४ करोड अनुदान

काठमाडौँ – मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड रुपौयाँ अनुदान पाएका छन्। सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख रुपौयाँ अनुदान पाएका हुन्। चालु शीर्षकमा ७९ करोड तीन लाख रुपौयाँ र पूँजीगततर्फ १४ करोड ७४ लाख रुपौयाँ […]

मुस्ताङका स्थानीय तहले पाए ९४ करोड अनुदान

मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पुँजीगततर्फ रु १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो ।  घरपझोङ गाउँपालिकाले रु २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले रु २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले रु १७ करोड १४ लाख बजेट पाएका छन् । य

भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान

भक्तपुर । भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीले अनुदान पाएका छन् । भक्तपुर नगरपालिकाले परम्परागत घरको मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान रकम वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको मंगलवार आयोजित एक कार्यक्रममा परम्परागत घर बनाउने २६ जनालाई ७९ लाख ८३ हजार ९२५ रुपैंया प्रदान गरे […] The post भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागलुङका पशुपालक कृषकले पाए डेढ करोड अनुदान

गलकोट, २६ माघ । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, […]

५०६ उद्योगले पाए एक अर्ब २८ करोड निर्यात अनुदान

काठमाडौं। एक वर्षमा नेपालका ५०६ वटा उद्योगले निर्यात अनुदान पाएका छन्। ती उद्योगले एक अर्ब २८ करोड ५० लाख रुपैयाँ अनुदानको सिफारिस भएको हो। नेपाल सरकारले बजेटमै उल्लेख गरेर निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ। व्यवस्थाअनुसार तोकिएको वस्तुको निर्यात गर्दा निर्यात रकमको तुलनाका आधारमा रकम दिइने गरिन्छ। सोहीअनुासर, ५०६ वटा उद्योग निर्यात अनुदानको सिफारिसमा परेका हुन्।

बागमती प्रदेशका दुग्ध उत्पादक किसानले पाए १५ करोड अनुदान

अघिल्लो वर्ष दूधमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान पाउँदै आएका बागमती प्रदेशभित्रका दुग्ध उत्पादक किसानले दोब्बर अनुदान पाएका छन्