५ फागुन, दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ । पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो […]
तुलसीपुर – घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ। पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ। सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ। असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए। “असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उनले भने, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।” […]
८ साउन, दाङ । घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ । चार वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो । सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पहिलो प्याकेजमा घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि […]
निर्माण कम्पनीले लामो समयसम्म काम नगरेर अलपत्र पारेपछि दाङको गौरवको आयोजना चार लेन सडकको ठेक्का तोडिएको छ । गृहजिल्ला आएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतीय कम्पनीले अलपत्र पारेको घोराही–तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको जानकारी दिएकी हुन् । मन्त्री शर्माले भारतीय ठेकेदारले लामो समयसम्म निर्माण नगरी सडक निर्माण अलपत्र पारेकाले ठेक्का […]
१० फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक […]
दाङ- नेपाल कम्युनिस्ट पार्टी दाङले लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने […]
बुटवल – निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएकाे छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्याेलमा परेकाे छ । यो सडक निर्माण […]
१२ पुस, दाङ । दाङको मुख्य सडकखण्ड घोराही-तुलसीपुरको चार लेन सडक निर्माण कार्यमा भएको ढिलाइले दैनिक यात्रा कष्टकर बनेको छ । सडक निर्माण कार्यको ढिलाइले घोराही-तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण बन्दै गएको छ । यात्रा सहज होस् भनेर लमही-तुलसीपुर सडकलाई चार लेन बनाउने गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो […]
४ पुस, दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो । यसअघि […]
दाङ– घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण सक्नुपर्ने समयमा बल्ल सडक निर्माण सुभारम्भ भनेर घोषणा गरिएको भएपनि काम सुरु हुन नसकेको हो । मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरिएको भएपनि निर्माण व्यवसायीले अझैं कामको […]