सम्झौताअनुसार घोराही-तुलसीपुर सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी

बुटवल – निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएकाे छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्याेलमा परेकाे छ । यो सडक निर्माण […]

सम्बन्धित सामग्री

घोराही–तुलसीपुर सडक : म्याद सकियो, सकिएन काम

दाङको घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा नहुँदै म्याद सकिएको छ । चार लेन सडक निर्माण लामो समयसम्म अलपत्र परेको थियो । २०८० असोज मसान्तसम्म सडक मर्मत गरिसक्ने गरी गएको असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्रै काम सकिएको छ ।

सडकको धुलोले स्वास्थ्यमा असर गरेको भन्दै डेढ घण्टा सडक बन्द

तुलसीपुर : चार लेन सडक समयमै निर्माण नभई सडक अस्तव्यस्त हुँदा समस्या भोगेको भन्दै तुलसीपुरका बासिन्दाले करिब डेढ घण्टासम्म सडक बन्द गरे। मंगलबार बिहान करिब साढे १० बजेदेखि उनीहरूले घोराही-तुलसीपुर सडक खण्डअन्तर्गत हात्तीखौवा चोक बन्द गरे। लामो समयदेखि सडक निर्माण नहुँदा आफूहरूले धेरै समस्या भोगेको भन्दै बाध्य भएर सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ। तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी सावित्री श्रेष्ठले सडकका कारण आफूहरूले धेरै समस्या भोगेको बताइन्। सडक अस्तव्यस्त हुँदा गाडीले धेरै धुलो उडाएर आफूहरू बस्न...

चार लेन सडक निर्माणमा ढिलाइ

बबईदेखि तुलसीपुरसम्मको चार लेन सडक निर्माण कार्यको अवधि सकिएको एक वर्ष पुगेको छ तर सडक निर्माणको १० प्रतिशत मात्रै उपलब्धि देखिएको छ। २०७५ माघ १४ गते सम्झौता भई २०७८ जेठ ६ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। करिब २८ किलोमिटर रहेको यो सडकखण्डमा सहरी क्षेत्रमा चार लेन र अन्यत्र दुई लेन रहेको छ। भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालयका अनुसार एक अर्ब रुपियाँ बजेट लागतमा सम्पन्न गर्न आयोजना सुरु भएको थियो।

सम्झौताअनुसार सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी

निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ । यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भइसक्नु पर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्त

घोराही तुलसीपुर सडक निर्माणमा चरम ढिलाइ

दाङ– घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण सक्नुपर्ने समयमा बल्ल सडक निर्माण सुभारम्भ भनेर घोषणा गरिएको भएपनि काम सुरु हुन नसकेको हो । मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरिएको भएपनि निर्माण व्यवसायीले अझैं कामको […]

'काल' बन्यो लमही-घोराही-तुलसीपुर सडक !

दाङ : तुलसीपुर-घोराही सडक खण्डअन्तर्गत पर्सेनी नजिकै मंगलबार बिहान तुलसीपुर १० राइखल्यानका ३५ वर्षीय चुडामणि भण्डारी ह्युमपाइप राख्न खनिएको खाडलमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाए।यो दुर्घटना हुनुको मुख्य कारण नै चार लेन सडक निर्माण गर्ने बेला सडकमा बनाएको खाडलका कारण हो। उक्त ठाउँमा धेरै पटक दुर्घटना भएको स्थानीय तेज बहादुर हमालले बताए। उनका अनुसार उक्त खाडलमा ५/६ पटक सवारी दुर्घटना भएको छ।तर, धेरै चोट पटक लागेर घाइते भए पनि मंगलबार भण्डारीको मृत्यु भएको पहिलो घटना हो। त्यस्तै पर्सेनीद