कास्की – पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा टेनिसका प्रदीप खड्का र भलिबलकी अरुणा शाहीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार अबेर भएको घोषणामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो ।
पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका प्रदीप खड्काले ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामालाई पछि पार्दै उपाधि जिते । त्यसै गरी अरुणाले क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै उपाधि जितेकी थिइन् । उनको कप्तानीमा नेपालले २०...