को हुन् लुम्बिनीका सभामुख तुलाराम घर्ती?

दाङ – लुम्बिनी प्रदेशको सभामुखमा निर्वाचित तुलाराम घर्ती माओवादी जनयुद्धका कमाण्डरदेखि सभामुखसम्मको जिम्मेवारीमा पुग्न सफल भए। सानैदेखि राजनीतिमा रुचि राख्ने घर्तीले २०४७ सालमा नेकपा मशालबाट औपचारिक रुपमा राजनीति सुरु गरे। घर्ती २०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी साँस्कृतिक परिवारको सचिव भए। २०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता […]

सम्बन्धित सामग्री

संघीयताको अनुभूति हुनेगरी काम गरिरहेका छौंः सभामुख घर्ती

दाङ- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शून्य संरचनाबाट सुरु भएको लुम्बिनी प्रदेशसभा र सरकारले तीव्र गतिका साथ काम थालेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा सभामुख घर्तीले शुभकामना सन्देश जारी गर्दै प्रदेशको लागी आवश्यक कानुन निर्माण भइसकेको, जनताले प्रदेशलाई नजिकबाट बुझ्ने, देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भइरहेको जनाएका छन्। […]

‘कानुन निर्माणमा स्थानीय तह सक्षम हुनुपर्छ’

बुटवल – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुनुपर्ने बताएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको बताए । […]

‘प्रदेशले बनाएको कानुन कार्यान्वयन भएन’

नेपालगञ्ज – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेशले बनाएको कानुन केन्द्रले नबनाउँदा कार्यान्वयनमा समस्या भएको बताएका छन्। नेपालगञ्जमा पत्रकारसंग कुरा गर्दै सभामुख घर्ती मगरले लुम्बिनी प्रदेशले प्रदेश प्रहरी ऐन र प्रदेश निजामती ऐन बनाए पनि केन्द्रमा यी ऐन नबन्दा कर्यान्वयनमा समस्या भएको बताए। उनले लुम्बिनीले अबको हिउँदे अधिवेशनमा स्थानीय निजामती ऐन २०८० बनाउने जानकारी […]

तुलाराम घर्ती : ‘जनयुद्ध’ को कमान्डर हुँदै लुम्बिनीको सभामुखसम्म

२०५४ चैतदेखि तत्कालीन नेकपा माओवादीले पाल्पा खटाएर राजनीतिको कर्मक्षेत्र बनाएका तुलाराम घर्ती (वसन्त) लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भएका छन् । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी, माओवादी केन्द्र, जनमोर्चालगायतको गठबन्धनबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

पाल्पा २ (२) मा माओवादीका तुलाराम घर्ती विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ को प्रदेशससभा (२) मा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती (वसन्त) विजयी भएका छन् ।उनले २३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीले १३ हजार ५१ मत प्राप्त गरे । विजयी घर्ती लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।

पाल्पा २ (ख) मा माओवादीका घर्ती मगर विजयी

बुटवल : पाल्पा क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती मगर विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरदाई ९४१ मतान्तरले पराजित गरेका हुन्। तुलारामले १३ हजार ९९२ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमबहादुरले १३ हजार ५१ मत पाएको निर्वाचन…

लुम्बिनीमा गठबन्धनको अर्का कार्यदल गठन

लुम्बिनी प्रदेशमा गठबन्धनको बैठकले कार्यदल बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा सोमबार बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठको संयोजकत्वमा  कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् ।गठबन्धनले सिट बाँडफाँड र उम्मेदवारका बारेमा सहमति जुटाउने छ । यस्तै बैठकका एकीकृत समाजवादीले लुम्बिन

सम्पर्कमा आइन् लुम्बिनी प्रदेश सांसद विमला वली

‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।  माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।  मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि मा‌ओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...

लुम्बिनीमा गुन्डाराज जस्तै भयोः माओवादी प्रमुख सचेतक

माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई  संस्कारबिहीन राजनीतिको संज्ञा दिएका छन् ।उनले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको दावी गर्दै जवरजस्ती पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाउने काम प्रदेश प्रमुखले गरेको आरोप लगाए । उनले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरितको कदम भएको दावी गर्दै यसको प्रतिरोध कानुनी र राजनिति दुवै हिसावले गर्ने बताए । उनले य