लुम्बिनी प्रदेशमा गठबन्धनको बैठकले कार्यदल बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा सोमबार बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् ।गठबन्धनले सिट बाँडफाँड र उम्मेदवारका बारेमा सहमति जुटाउने छ । यस्तै बैठकका एकीकृत समाजवादीले लुम्बिन