सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् ।सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ ।अन्
१४ वैशाख, काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् ।
यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका …
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।
सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।
पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन् ।
यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ ।