हिमाल आरोहण : ७४ आरोही समूहलाई अनुमति

सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् ।सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ ।अन्

सम्बन्धित सामग्री

बीस आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।           सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।           पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन् ।           यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ ।