बीस आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।           सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।           पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन् ।           यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ ।

सम्बन्धित सामग्री

सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति

काठमाडौँ- पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत विज्ञान कोइरालाले जानकारी दिए । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा […]

यो सिजनमा चार सय ५० बढीलाई आरोहण अनुमति

यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही …

हिमाल आरोहण : ५० मुलुकका ३६४ जनाले अनुमति लिए

यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ । विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन् ।अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । विभागका अनुसार ३५ जना पुरुष र १२ जना

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागकाअनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ सम

९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८।८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ […] The post ९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

हिमाल आरोहण : ७४ आरोही समूहलाई अनुमति

सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् ।सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ ।अन्

२२ आरोही समूहलाई हिमाल चढ्न अनुमति

सन् २०२२ को वसन्तयामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी भएको छ। यसमा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् ।अन्नपूर्ण (८०९१ मि) आरोहणका […]

२२ आरोही समूहले लिए आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्तयामको सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी गरेको हो । यसमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । यस्तै, अन्नपूर्ण आरोहणका लागि चार, […]

९ आरोही समूहलाई आरोहण अनुमति

वसन्तयामको सगरमाथा आरोहणका लागि हालसम्म तीन आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ ।  आज थप एक आरोही समूहलाई आरोहण अनुमति दिइएको पर्यटन विभागले जनाएको छ । त्यस्तै आजै ल्होत्से हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति जारी भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार वसन्त आरोहणका लागि हालसम्म सगरमाथासहित नौ आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सगरमाथामा तीन, अन्नपूर्णमा तीन तथा मनास्लु, नुप्से र ल्होत्सेमा समान एक÷एक समूहले आरोहण अनुमति लिएका छन् ।

हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले लिए अनुमति

२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]