गाउँपालिका अध्यक्षलाई अपहरण गरी निर्घात कुटपिट

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालि कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ।  शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो। आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जानेक्रममा उनलाई अपहरण ...

सम्बन्धित सामग्री

दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ

दाङ - दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ परेका छन् ।  घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेकाे आराेपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।  आइतवार राति साढे १० बजे उनीहरुले विकलाई अपहरण गरी रिक्सामा राखेर घोराही-१९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेका थिए । उनीहरुले...

अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता

अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।गत म

‘अन्तर्जातीय  विवाह गरेको भन्दै माइती पक्षद्धारा अपहरण गरि बेपत्ता’

अन्तर्जातीय  विवाह गरेको भन्दै  हुम्लाको एक युवकलाई केटीकाे माइती पक्षले  निर्घात  कुटपिट गर्दै अपहरण गरि बेपत्ता बनाएको परिवारको आरोप छ । सर्केगाड गाउँपालिका वडा नम्वर १ को जैर गाउँका १९ वर्षीय चन्द्रे...

मध्य भोटेकोशी आयोजनाका कामदार माथी कुटपिट

भदौ १३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको कामदार माथी कुटपिट भएको छ । आयोजनाको मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनी एन्ड्रीड हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीय युवाहरुको समूहले साइट अफिस बाह्रविसेको जम्बुमा कुटपिट गरेका हुन् । खाना खाइरहेको बेला अपहरण शैलीमा अन्यत्र लगेर १४/१५ जनाको समूहले दवाडीलाई निर्घात कुटपिट गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । मध्य भोटेकोशीमा मेकानिकल कामको जिम्मा पाएपछि साइटमा बस्ने कर्मचारीहरुका लागि हाइड्रोले बा १४ च ९५८५ नम्बरको स्कारपियो शुरुदेखि नै सम्झौता गरेर भाडामा लगाएको थियो । तर स्थानीय युवाहरुले भने अन्य क्षेत्रको गाडी आफूहरुको स्थानमा भाडामा लगाउन नपाउने भन्दै गत वर्षदेखि नै हाइड्रोका कर्मचारीहरुलाई धम्की दिँदै आएको दवाडीले बताए । ‘हामीले खटाएअनुसारको काम गर्ने हो, तर यहाँका केही स्थानीय युवाहरुले हामीलाई धम्की दिने र कुटपिटमै उत्रनेजस्ता जघन्य काम गर्दै आईरहेका छन्’, दवाडीले भने ‘हामीलाई आयोजना र स्थानीय प्रशासनले सुरक्षा प्रदान नगर्ने हो भने अब काम गर्न सकिन्न ।’ कुटपिटबाट घाईते भएका साइट इञ्चार्ज दवाडी उपचारपछि फर्किएका छन् ।  आफ्ना कर्मचारी कुटपिट भएपछि भारतीय हाइड्रोका प्रमुखले ईलाका प्रहरी कार्यालय बाह्रविसेमा स्थानीय रोशन गोले, जीवन अधिकारी, सुवास राउत र कृष्ण रुम्बासहित नाम नखुलेका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेमा प्रहरी निरीक्षक देवेन्द्र शाहले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको र कानूनअनुसार उनीहरुलाई कारवाही गरिने बताए । ‘महत्वको आयोजना निर्माण गरिरहेका कर्मचारीमाथि कुटपिट हुनु राम्रो होईन’, शाहले भने ‘उजुरी परेको छ, प्रहरीले कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्छ ।’ दोलखामा समेत मेकानिकलसम्बन्धी काम यहीं हाइड्रोले पाएको थियो । माथिल्लो तामाकोशीमा शान्तिपूर्वक रुपमा काम गर्न पाए पनि मध्य भोटेकोशीमा भने आफूहरुलाई शुरुदेखि नै अवरोध हुँदै आएको ठेकेदार कम्पनीले गुनासो गरेको छ । ‘प्रहरीले सुरक्षा नदिने हो भने काम गर्न सकिँदैन’ भारतीय ठकेदार कम्पनीका प्रमुखले भने ।  मध्यभोटेकोशी जलविद्युत् आयोजनाले ‘लट टु’ को कामका लागि उक्त ठेकेदार कम्पनीलाई साढे २ अर्बमा ठेक्का दिएको थियो । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले भने घटना सामान्य भएको प्रतिक्रिया दिएको छ । आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले सिन्धुपाल्चोकमा यस्ता घटना आफूहरुलाई सामान्य लाग्न थालेको बताए ।  ‘यहाँ यस्ता घटना भईरहेका हुन्छन्, हामीले यो घटनाको अध्ययन गरिरहेका छौं’, उनले भने ‘दोषीलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्छ र अब यस्ता घटना नदोहोरियोस् भन्नको लागि स्थानीय सरकार एवम् सुरक्षा निकाय गम्भीर बन्नुपर्छ ।’  गत वर्ष पनि हाइड्रोमा कार्यरत भारतीय नागरिक राहुललाई त्यही समूहले कुटपिटको प्रयास गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । ‘लट वान’ अन्तर्गत सिभिलको काम गरिरहेको चिनियाँ कम्पनीका दोभासे गोविन्द पौडेल समेतको मिलेमतोमा इन्डीयन हाइड्रोका कर्मचारीलाई कुटिएको थियो ।  दोभासे गोविन्दले चिनियाँ ठेकेदार कम्पनीसँग करोडौं रुपैयाँ आयोजनाको कर्मचारीहरुलाई दिनुपर्छ भन्दै रकम माग गरिएको अडियो गत वर्ष सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन आयोजना प्रमुख मणिकुमार काफ्लेलगायतलाई अख्तिायरले छानबिनको घेरामा समेत ल्याएको थियो ।

पैसा नतिरेको भन्दैं अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ

अपहरण गरि एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का  २५ वर्षीय संगित थापा, सोही वडाका १९ वर्षीय...

एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै

गाउँपालिका अध्यक्ष कुटपिटको जिम्मा ‘विप्लव’ समूहले लियो

डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको घटनाको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। गत शुक्रबार अध्यक्ष जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाइ...

कुटपिटबाट गम्भीर घाइते नेकपा अध्यक्ष जोशीलाई काठमाडौं लगियो

डडेल्धुरा : अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारका लागि काठमाडौं लगिएको छ। धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो। शुक्रबार अध्यक्ष जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए। ...

अज्ञात समूहकाे कुटपिटबाट नेकपा गाउँकमिटी अध्यक्ष घाइते

अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटी अध्यक्षलाई कुटपिट गरी घाइते बनाई छाडेका छन्। भित्रिमधेश आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो।