ग्याल्पो ल्होसार भन्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिइरहेका छन् । तर शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको बताएका छन् । उनीहरूले यस्तो त्रुटि नगर्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।