महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा रहेको छ । शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ