पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

गण्डकी, ११ असोज । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन । पदमार्गको हालै गरिएको नयाँ नक्शाङ्कनले पोखरा महानगरपालिकासँग पनि जोडिएको […]

सम्बन्धित सामग्री

गुरुङ सम्पदा पदमार्गमा जोडियो तिमाङ

एक हप्ताअघि पोखरामा भव्य कार्यक्रम गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गको अन्तिम बिन्दु मनाङको तिमाङ रहेको छ । कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङसम्मलाई गुरुङ सम्पदा पदमार्ग घोषणा गरिएको हो । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा यो काम भएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्व्होलासोँथार र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा काम भएको हो । स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रूपमा घोषणा गरिएको हो ।

पदमार्गले जोडियो ताकमकोत

म्याग्दी : धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो।पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको रु दश लाख बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए।“चार वर्षअघि सुरु भएको पदमार्ग निर्माणकार्यले पूर्णता नपाउँदा भिरको उकालो बाटोमा जोखिम थियो,” उनले भने

पोखरासँग जोडियो सहश्राब्दी पदमार्ग

पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एक मात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ।...

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

गण्डकी, ११ असोज । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन ।

दुईतर्फी पदमार्गले जोडियो ६ सय वर्ष पुरानो ऐतिहासिक स्थल

म्याग्दी : बेनी नगरपालिका-२ मा पर्ने करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोट पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ।पदमार्ग,प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोटस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ।विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरू निर्माण भइरहेका छन्। बेनी नगरपालिका,गण्डकी प्रदेश सरकार र खड्गभवानी कोष व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार न

नेपाल एकीकरण मार्गमा जोडियो ‘शर्मालीगढी’ किल्ला

बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला नेपाली सेनाको पहलमा नेपाल एकीकरण मार्गमा जोडिएको छ । नेपाल एकीकरकण मार्ग अन्तरगत नेपाली सेनाले बैतडीको शर्मालीगढी किल्ला पुनःनिर्माणसँगै २६३ मिटर लामो पदमार्ग निर्माण गरेको हो । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा सामरिक महत्वका हिसाबले बैतडीकोे शर्मालीगढी किल्ला महत्वपूर्ण किल्ला हो । अंग्रेजसँगको लडाईँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएकोे थियो ।