नेपाल एकीकरण मार्गमा जोडियो ‘शर्मालीगढी’ किल्ला

बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला नेपाली सेनाको पहलमा नेपाल एकीकरण मार्गमा जोडिएको छ । नेपाल एकीकरकण मार्ग अन्तरगत नेपाली सेनाले बैतडीको शर्मालीगढी किल्ला पुनःनिर्माणसँगै २६३ मिटर लामो पदमार्ग निर्माण गरेको हो । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा सामरिक महत्वका हिसाबले बैतडीकोे शर्मालीगढी किल्ला महत्वपूर्ण किल्ला हो । अंग्रेजसँगको लडाईँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएकोे थियो ।