मुगुम कार्मारोङ गाउँपालिकास्थित पापु गाउँका २६ वर्षीय प्रेम विश्वकर्मालाई आरन पेसाले जीवन धान्न मुस्किल छ । करिब १२ वर्षको उमेरदेखि आरन पेसा अँगाल्दै आएका उनी दिनभर हात मुख दुखाएर बेलुका गुजारा टार्न समस्या हुने गरेको छ । बाबु-बाजेको पेशा धान्दै आएका प्रेमले आरन पेशा छोड्दा अन्यत्र काम पाउन कठिनाइ हुने र गरिरहँदा परिवार पाल्न धौधौ हुन थालेपछि निल्नु न ओकल्नुजस्तै भएको छ ।