जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए । “उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ”, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिका सहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् । मिटरब्याजीले थोरै