काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार अचानक विजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । जिम्मेवारी हेरफेर गरिएका दुवै मन्त्री मुख्यमन्त्रीकै दल जसपा नेपालका हुन् ।स्रोतका अनुसार मुख्यमन्त्री राउत र विजय यादवबीच राम्र