पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गरेको हो। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो।