गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।