लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय भएको छैन : अध्यक्ष ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट नभएको बताएका छन्।ठाकुरले बिहीबार प्रदेश सभामुखलाई पत्र पठाउँदै मन्त्री बनेका चार सांसदलाई कारबाही गर्ने निर्णय केन्द्रीय समितिबाट नभएको जनाएका हुन्। पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको ठाकुरले पत्रमा उल्लेख गरेका छन्। ६ सदस्यीय प्रदेश सभा सं

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीको कदमलाई लोसपाले सशक्त प्रतिवाद गर्छ : अध्यक्ष ठाकुर

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नागरिकता विधेयक फिर्ताप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।उनले रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लाखौ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गर्नुभएको छ, दुवै संसदले पारित गरिसकेको विधेयकलाई राष्ट्रपतिले फिर्ता बोलाउनु भनेको सम्पूर्ण नेपाल जनताको अपमान हो यसलाई हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ ।’ सोमबार लोसपाको बैठक बसेर यसबारेमा आवश्यक निर्णय लिने बताउँदै अध्यक्ष ठाकु

आयोगमा हेड काउन्ट हुँदै, मनिष सुमनले छाडे ठाकुर समूह

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को विवादबारे निर्णय लिन केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट शुरु गरेपछि नेताहरुको कित्ता अदलबदल शुरु भएको छ। नेता मनिष सुमनलगायतका नेताहरु अध्यक्ष ठाकुर पक्ष छाडेर अर्का अध्यक्ष यादव पक्षमा लागेका छन्। मनिस सुमनले आफूले मूलधारको पार्टीको पक्षमा आयोगमा हस्ताक्षर सनाखत गरेको बताए। आयोगमा हेड काउन्टका लागि पुगेका उनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गराएका हुन्।

निर्वाचन आयोगको निर्णय रोक्न महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । उहाँले […]

महन्थ पक्षको त्यो निर्णय, जसले जसपामा एकताको भाव जगायो

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा जनता समाजवादी पार्टी जसपाका विभाजित दुवै समूह एकै ठाउँमा उभिए। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बीचको सहमति अनुसार निर्वाचन आयोगले पार्टी विभाजनको प्रक्रिया अघि बढाइरहेको बेलामा देउवाको विश्वासको मतको पक्षमा भएका भएका हुन्। अध्यक्ष यादव पक्ष यसअघि नै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनको पक्षमा थिए। तर, अर्का अध्यक्ष ठाकुर समूह पार्टी नै विभाजन गरेर ओली

सरकारमा सहभागी हुने महन्थ ठाकुर पक्षको निर्णय

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा जाने निर्णय गरेको छ । आज बसेका जसपा नेपाल कार्यकारिणी समितिको बैठकले निर्णय गरेको हो । मधेशी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिने, संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने निर्णय सरकारले गरेपछि जसपा नेपाल सरकारमा जाने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेटेर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने जानकारी गराइसकेको स्रोतले जनाएको छ । तर को को मन्त्री

उपेन्द्रको स्पष्टीकरणलाई महन्थको चुनौती

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई अवैध घोषणा गरेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको आइतवार बसेको कार्यकारी समिति बैठकले अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले केपी शर्मा ओली नेतृत्वको…

महन्थ ठाकुर पक्षको बैठक बस्दै

जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक पार्टी कार्यालय बबरमहलमा बस्दै छ। जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यस पछि के गर्ने भन्ने विषयमा ठाकुर-महतो  पक्षको बैठक अहिले बस्न लागेको हो। ४ बजे देखि बैठक बस्ने भएको छ।

संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन

काठमाडौं।सरकारले संविधान संशोधनको लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ।हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई गराएकाे जसपाका एक नेताले देखापढीलाई बताए।उनले भने, “मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई बालुवाटार बोलाएर त्यस विषयमा जानकारी गराउनुभएको हो।”नागरिकता सम्बन्धी पनि अध्यादेश ल्याउने तयारी गरिएको उनले बताए।

ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटार पुगेका हुन्।...

संसद विघटनमा अदालतको निर्णय मान्नुको विकल्प छैन : अध्यक्ष ठाकुर

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले समग्र मुलुकमा द्वन्द्व निम्तिएको आरोप लगाएका छन् ।  शुक्रबार जनकपुरधाममा जसपाका कार्यकर्ताहरुसङ्ग भेटघाट गर्नेक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरि मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको बताए ।उनले भने,  ‘जनताले ५ वर्षका लागि प्रतिनिधिसभामा चुनेर पठाए तर ओलीले ३ वर्षमै त्यसलाई समाप्त गर्‍यो । यसले जनप्रतिनिधि र जनता दुबैक