२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले […]
ललितपुर- हैजाको जोखिम बढेकाले ललितपुर महानगरले पानीपुरी र चटपटे बिक्रीमा कडाई गरेको छ। दूषित पानीको प्रयोग गरेर बनाइएको पानीपुरी र चटपटे खाँदा झाडापखाला र हैजाको जोखिम थप बढ्ने भएकाले यसको बिक्री वितरणमा कडाइ गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले देशसञ्चारलाई जानकारी दिए। पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको नभई स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध बनाएर बेच्न […]
म्याग्दीः सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनी नगरपालीका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । “सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको