कांग्रेस महाधिवेशनबाट अधिकांश नयाँ अनुहार नेतृत्वमा आउने भएका छन् । केन्द्रीय कार्यसमिति अहिलेसम्मकै ठूलो र समावेशी बन्दैछ, जसले गर्दा कांग्रेसको केन्द्रीय समितिमा प्रशस्तै नयाँ अनुहार आउने निश्चित छ । कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १६७ पुर्याएको हो ।