लाइन काटिएको तीन सातामै सबै उद्योगमा बिजुली जडान

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपयोग गरेबापतको महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका २४ ओटै उद्योगमा तीन साता पछि बिजुली जडान गरिएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले महशुलसम्बन्धी विवाद समाधानका लागि छानविन समिति गठन गर्दै लाइन काटिएका सबै उद्योगमा तत्काल बिजुली जडान गर्न निर्देशन दिएको थियो । उक्त निर्णय भएको करीब चार दिन पछि प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रवार सबै उद्योगमा बिजुली जोडिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको समितिको ९६०औं बैठकले लाइन काटिएका उद्योगमा बिजुली जडान गर्ने निर्णय गरेको थियो । शुक्रवार मध्यरातसम्ममा लाइन काटिएका सबै उद्योगमा बिजुली जडान गर्ने काम सम्पन्न भएको प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनकाअनुसार मन्त्रिपरिषद्ले नै लाइन जोड्नका लागि निर्णय गरेकाले विवाद समाधान नभएपनि लाइन जडान गर्नु परेको हो । मंगलवारको मन्त्रिपरिषद् बैठकले महशुलसम्बन्धी विवाद समाधानका लागि छानविन समिति गठन गर्दै लाइन काटिएका सबै उद्योगमा तत्काल बिजुली जडान गर्न निर्देशन दिएको थियो । डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरेबापत ६१ ओटा उद्योगले प्राधिकरणलाई २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यसमध्ये हिमाल स्टिलले गत सोमवार बक्यौता रकम किस्ताबन्दीमा तिर्नेगरी पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको थियो । प्राधिकरणले गत पुस ६ गतेदेखि विभिन्न चरणमा गरी उद्योगको लाइन काटेको थियो । पहिलो चरणमा जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिएको थियो । दोस्रो चरणमा पुस ८ मा सोनापुर मिनरल्स एन्ड आयल लि, लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, अशोक स्टिल, र त्रिवेणी स्पिनिङ मिल्सको पनि बिजुली काटिएको थियो । तेस्रो चरणमा पुस १३ मा बाबा जुट मिल, सिद्धार्थ पेट प्लास्ट निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एन्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, नारायणी स्पात र बुटवल सिमेन्टको लाइन काटिएको थियो । त्यसैगरी पुस २३ मा हुलास स्टिलको लाइन काटिएको थियो ।

सम्बन्धित सामग्री

भारतले बिजुली कटौती गर्दा नेपालका ठूला उद्योगमा लोडसेडिङ

काठमाडौं : भारतको विहारबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ।विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार विहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।‘विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगाव

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

काठमाडौँ – भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ। विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो। ‘विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या […]

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

काठमाडौं । भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

काठमाडौँ – भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो । “विहारको विद्युत् […]

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

काठमाण्डौ – भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमवार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो । ‘बिहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको झन्डै तीन हजार मेगावाट ...

उद्योगमा आउन थाल्यो बिजुली, आन्दोलनका कार्यक्रम स्थगित

मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ  । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता ग

आयात घटेपछि उद्योगमा काटिन थाल्यो बिजुली

भारतबाट बिजुलीको आयात घटेपछि उत्पादनमूलक उद्योगमा लाइन काटिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विगत ३ दिनदेखि रातिको समयमा उत्पादनमूलक उद्योगको लाइन काटिरहेको जानकारी दिएको हो ।‘उद्योगमा केही दिनदेखि राति विद्युत आपूर्तिमा डिस्टर्ब छ । विद्युत पाएको बेला दिइरहेका छौं,’ नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङले भने, ‘बिजुली दिन नसकेमा अघिल्लो दिन बेलुका ६ बजे नै पछिल्लो दिनमा लोडसेडिङ हुने/नहुने जानकारी दिन्छौं ।’ कुनै बेला स्वीकृति लोडअनुसार नै २४ सै घण्टा विद्युत

भारतले कटौती गर्दा उद्योगमा बिजुली दिन समस्या

काठमाण्डाै – भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस–युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिनुभयो । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हु...

भारतबाट आएन पर्याप्त बिजुली, उद्योगमा विद्युत् कटौती हुनसक्ने

१४ वैशाख, काठमाडौं । भारतबाट पर्याप्त बिजुली किन्न नपाएपछि विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेको र भारतबाट पनि बिजुली ल्याउन समस्या परेका कारण कुनै-कुनै बेला कतिपय क्षेत्रका उद्योगहरुलाई बिजुली दिन समस्या भएको नेपाल विद्युत्  प्राधिरकणले बताएको छ । माग नधानिने अवस्थामा उद्योगमा बिजुली काट्ने अवस्था आएको उनले बताए […]

प्रतियुनिट ३८ रुपैयाँमा पनि किन्न नपाएपछि उद्योगमा काट्न थालियो बिजुली

१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको छ । बिजुली किन्दा बिड […]