वीरगञ्जको तरकारी बजारमा भिड, पालना हुँदैन स्वास्थ्य मापदण्ड

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिन दिनै बढी रहेको छ । अधिकांश संक्रमितमा लक्षण छ । अस्पतालमा गम्भिर प्रकृतिका संक्रमितमात्रै भर्ना गरिएको छ । अस्पतालका पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भइसकेको छ । दिनदिनै संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भईरहेका छन् । बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्रमशः १ सय १४ र […]

सम्बन्धित सामग्री

कोभिड बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन सरकारको निर्देशन

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न, गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]

स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न स्वास्थ्यमन्त्रीकाे आग्रह

पछिल्लोपटक यसको तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ।

सबै विद्यालय खुल्दै, स्वास्थ्य मापदण्ड पालना अनिवार्य

काठमाण्डाै - भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला उज्यालोसँगको कुराकानीमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको हो । कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टम...

विद्यालय सञ्चालनका लागि २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

त्रिवि परिक्षा: न भौतिक दुरी न स्वास्थ्य मापदण्ड पालना

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको परिक्षामा भौतिक दुरी कायम त गरेको छैननै अझ स्वास्थ्य मापदण्ड पालना समेत गरेको पाइएको छैन । त्रिविले विधार्थीहरूको भौतिक उपस्थितिमा परिक्षा संचालन गरिरहे पनि संक्रमणको अवस्थालाई भने कुनै पनि ख्याल नगरेको पाइएको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

काठमाडौँ– नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी […]

स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गर्ने आठ हजार जनालाई कारबाही

नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारबाही गरेको छ । उनीहरूलाई उल्लंघनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ

स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना रोकथामको लागि स्वास्थ्य मापदण्ड पालना भएन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना नभएको जनाएको छ। राजनीतिक दलका नेतादेखि सरकारी निकायले समेत सरकारले बनाएको मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। "महामारीले देशका विभिन्न स्थानहरुमा दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं," विज्ञप्तिमा उल्लेख छ।