अदुवाले मूल्य नपाउँदा कृषक मर्कामा

पाँचथर । अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् । भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् । गत वर्ष ९ सय रुपैया प्रतिमनसम्म बिक्री भएको अदुवा अहिले मुख्य सिजनमा समेत प्रति मन ५ सय रुपैयाँका दरले समेत बिक्री हुन नसकेको कृषक बताउँछन् […]

सम्बन्धित सामग्री

दूधको मूल्य नपाउँदा किसान मर्कामा

उत्पादन लागतमा वृद्धि भएअनुसार दूधको मूल्य नबढ्दा बागलुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। गाई–भैँसीका लागि आवश्यक पर्ने दाना, चोकरको मूल्य बढे पनि दूधको मूल्य वृद्धि नहुँदा किसान घाटाको व्यापार गर्न बाध्य भएका हुन्। बजार मूल्य र किसानले पाउने दूधको मूल्य आधाभन्दा बढी फरक छ। बागलुङको जैमिनी नगरपालिका–१, कुस्मीशेराका विकास पौडेलले भन्नुभयो, “सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपियाँ आउँछ। त्यही दूध बजारमा १२० रुपियाँमा बिक्री हुन्छ। दुई वर्ष पहिले दूधको मूल्य ५० रुपियाँ पथ्र्यो र पनि किसानको लागत उठ्थ्यो। अहिले दाना, चोकरको मूल्यजस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका छन्।” यो समस्या विकासको मात्रै होइन, कुस्मीशेराका अन्य किसानको पनि समस्या हो। वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा लाग्नुभएका पौडेलसँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले व्यावसायिक रूपमा पालेका गाईको सङ्ख्या घटाउने र वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। “बिहान तीन लिटर दूध दि

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा

काठमाडौँ,१८ कार्तिक । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् । त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिकरूपमा अम्रिसो उत्पादन गर्दैआएका छन् । उनीहरुले बर्सेनि अम्रिसो उत्पदान बढाउँदै […]

अदुवा र तेजपत्ताको उचित मूल्य नपाउँदा उदयपुरका कृषक मर्कामा

उदयपुर : अदुवा र तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका उदयपुरका कृषक उचित मूल्य नपाउँदा मर्कामा परेका छन्। उत्पादनको लागतभन्दा घटी मूल्य लिएर बेच्नुपरेपछि कृषक मर्कामा परेका हुन्। गएको वर्षभन्दा पनि यस वर्ष घटी मूल्यमा बेच्नुपरेको कृषकले दुखेसो गरेका छन्। कटारी नगरपालिका– १३ का मानबहादुर श्रेष्ठले भने, ‘उत्...