ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कार्यालयमा लेखापढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।
गोरखा - सङ्खुवासभाको सिलीचोङ गाउँपालिका स्थायी ठेगाना भएका ५१ वर्षका पासाङ नीमा शेर्पा नेपाली हाते कागज उत्पादनमा जोडिएको झण्डै ३ दशक भयो । सुरुमा अरुकाे उद्योगमा काम गरेर सीप सिकेपछि उहाँ कागज उद्योगको कामकै सिलसिलामा देशका विभिन्न ठाऊँमा पुग्नुभयो । उहाँ हाते कागज उद्योगमा काम गर्ने क्रममा गोरखा आइपुग्नुभयो ।
१५ वर्षसम्म यहाँका अन्य उद्योगमा काम गरेपछि उहाँले ५ वर्षदेखि गोरखा मनकामना नेपाली हाते कागज उद्योग दर्ता गरी सञ्चालन गर्दै आउनुभएको छ । नेपाली कागज उत्पादनमा ५ वर्षकाे अन...
गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो।...
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ साँघुमा सञ्चालित गोरूजुरे हाते कागज उद्योगका सञ्चालक पहलमान चोङ्बाङले कोरोना सङ्क्रमणको महामारीअघि एक वर्षमा १५ सय कोरीसम्म नेपाली कागज बिक्री गर्नु हुन्थ्यो । कोरोना महामारीपछि भने नेपाली कागजको बिक्री घटेको उहाँले गुनासो गर्नुभयो । यसपालि भने ६ सय कोरी मात्रै बिक्री भएको चोङबाङको भनाइ छ । विदेशी बजारमा माग कम भएकाले घरैमै थन्क्याएर राख्नुपरेको उहाँले बताउनुभयो ।
‘हाम्रो प्रमुख बजार विदेश थियो । कोरोना सङ्क्रमणको प्रभावपछि विदेशीहरू सामान लिन आएका छैन...
ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा सञ्चालित गोरूजुरे हाते कागज उद्योगले कोरोना महामारीअघि एक आर्थिक वर्षमा १५ सय कोरीसम्म नेपाली कागज बिक्रि गथ्र्यो। उक्त हाते कागजको बजार काडमाडौँदेखि विदेशसम्म भएको संचालक सञ्चालक...
भदौ २२, काठडमाडौं । नेपाल हाते कागज संघले एनएमवि बैंकको सहकार्यमा हालै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त बैंकले कुन- कुन सेवा सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेको बेला आर्थिक रुपमा कसरी सबलीकरण गर्न सहयोग पुर्याउँछ भन्ने विषयमा आयोजित कार्यक्रममा नेपाल हाते कागज संघका अध्यक्ष किरण कुमार डंगोलले संघले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा बताए ।
उनले हस्तकला क्षेत्रका विभिन्न वस्तुहरुमध्ये हाते कागजको उत्पादनमा स्थानीय कच्चा पदार्थ र श्रम तथा सीपको करीब ९० प्रतिशत उपयोग हुने भएकोले देशको अर्थतन्त्रलाई टेवा दिन विशेष योगदान पुर्याउँदै आएको बताए ।
कोरोना महामारीको कारणबाट आर्थिक रुपमा कमजोर भई उत्पादन एवं व्यापार गर्नका लागि विभिन्न कठिनाइ भोग्नु परेकोले आगामी दिनमा कसरी अघि बढ्न सक्छौं भन्ने विषयमा केन्द्रित भएको भन्दै उनले बैंकले कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बताए ।
कार्यक्रममा एनएमवि बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडको कारणले सिथिल भएका उद्यमी र व्यवसायीलाई के - कस्तो सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई सुचारु तथा सक्रिय गराउन सकिन्छ भन्ने विषयमा छलफल गराउन चाहेको बताए ।
कार्यक्रममा बैंकको ठमेल शाखाका व्यवसाय विकास मेनेजर रुचि श्रेष्ठ तथा रिलेसनसिप मेनेजर दीपक बस्नेतले बैंकले उत्पादनकर्ता तथा निर्यातकर्ताहरुका लागि उपयोगी हुने आर्थिक सेवा तथा सुविधाका बारेमा विस्तृत रुपमा जानकारी दिएका थिए ।
उनीहरुले ऋणका विभिन्न प्रकारका बारेमा जानकारी दिंदै नेपाल राष्ट बैंकको निर्देशन अनुसार विना धितो कर्जा उपलब्ध गराउँदै आएकोले त्यसबाट पनि लाभ लिन सकिने कुरा बताएका थिए ।
कार्यक्रममा नेपाल हाते कागज संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले वर्तमान विषम परिस्थितिको सामना गर्नुपर्ने बाध्यता सबैको रहेको भन्दै यस्तो अवस्थामा व्यवसाय कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको अवस्थामा बैंक र व्यवसायी बीच भएको छलफलले केही हदसम्म निकास दिने विश्वास लिएको बताए ।
कार्यक्रममा हातेकागज संघका २८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द […]
जिल्लाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको झिकुरी नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा आउने भएको छ । माओवादीको १० वर्षे शसस्त्र द्वन्द्वको कारण बन्द भएको उद्योग १४ वर्षपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।
ताप्लेजुङ, असोज १३ - कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भए...