ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ साँघुमा सञ्चालित गोरूजुरे हाते कागज उद्योगका सञ्चालक पहलमान चोङ्बाङले कोरोना सङ्क्रमणको महामारीअघि एक वर्षमा १५ सय कोरीसम्म नेपाली कागज बिक्री गर्नु हुन्थ्यो । कोरोना महामारीपछि भने नेपाली कागजको बिक्री घटेको उहाँले गुनासो गर्नुभयो । यसपालि भने ६ सय कोरी मात्रै बिक्री भएको चोङबाङको भनाइ छ । विदेशी बजारमा माग कम भएकाले घरैमै थन्क्याएर राख्नुपरेको उहाँले बताउनुभयो ।
‘हाम्रो प्रमुख बजार विदेश थियो । कोरोना सङ्क्रमणको प्रभावपछि विदेशीहरू सामान लिन आएका छैन...