नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटी पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रममा सम्बोधनका क्रममा बालुवाटास्थित ललिता निवास प्रकरणको प्रसंग कोट्याउँदै उनले यस्तो बताएका हुन् ।
‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जाने वाला छन्’, उनले भने, ‘त्यही काम गरेका दीप बस्न्यान जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ?’
तत्कालीन समयमा ललिता निवासको जग्ग...