परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रूपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।
२८ कात्तिक, फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका-११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै आएका छन् । उनले भने, ‘अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु […]
गल्याङ, २२ असार । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ । किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी […]
ओखलढुंगा । ओखलढुंगाका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । फलफूल बालीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। जिल्लामा निर्वाहमुखी खाद्यबाली त्यागेर व्यवसायिक रुपमै किवी खेती गर्ने किसानको संख्या बढ्न थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा किवी खेती ८० रोपनी क्षेत्रमा विस्तार भइसकेको छ […]
म्याग्दी, २ मङ्सिर । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा […]
म्याग्दी– म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याए । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थालेका छन् । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका […]
काठमाडौं। किवी फल व्यवसाय यस्तो व्यवसाय हो जसले, लगातार ४०÷५० वर्षसम्म ढुक्कले आम्दानी दिईरहन्छ । यसको बजार हरेक वर्ष करिब २६ प्रतिशतको दरले बढिरहेको छ । नेपालमा अहिले इलाम, दोलखा, सोलुखुम्बु, सिन्धुपाल्चोक, पाँचथर, रामेछाप, नुवाकोट जिल्लामा किवी खेती भईरहेको छ । समुद्र सतहवाट ८ सय देखि २९ सय मिटरसम्मको उचाईमा किवी खेती भईरहेको छ।
गलकोट- बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किवीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किवी लगाएका छन्। पाँच बोटमै वार्षिक पाँच सय किलो किवी फल्ने गरेको उनी बताउँछन् । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किवी फलाउन सकिने थापाको अनुभव छ । “पहिला किवी […]
अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालमा ठेकी फलको रूपमा चिनिन्छ । आज विश्वका धेरै देशमा उक्त फलको खेती गर्न थालिए पनि यो छिमेकी राष्ट्र चीनमा धेरै वर्षअघि विकास भएको मानिन्छ ।समुद्र सतहबाट १५ सयदेखि २ हजार मिटरसम्मको उचाइमा किवी खेती गर्न सकिन्छ । बिरुवा रोपेको तेस्रो वर्षदेखि यसको बोटमा प्रशस्त फल फल्न थाल्छन् । […]
दोलखामा किवीको उत्पादन गत वर्षभन्दा घटेको छ । हरेक वर्ष किवी खेती गर्ने किसानको संख्या बढ्दै गए पनि फल उत्पादनमा भने यस वर्ष घटेको तथ्यांक आएको छ । सरकारी तबरबाट प्रोत्साहन दिन थालेपछि किवी खेती गर्ने किसानहरु बढ्दै गएका हुन् ।खेती गर्ने किसानको संख्या बढेसँगै किवी खेतीको पनि क्षेत्र वृद्धि हुँदै छ । “परम्परागत खेती […]
धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए। नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दान