विवादमा प्रधानन्यायाधीश : ‘दलहरूलाई दलाल भेट्न समय छ, हाम्रो कुरा सुन्न फुर्सद छैन’

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भइरहेको आन्दोलनका र उनीमाथिका आरोपप्रति दलहरूले मौनता साँधेकोमा आपत्ति जनाएका छन् । उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको बताए ।

सम्बन्धित सामग्री

स्स्स् ! प्रशासनलाई सुत्न देऊ

उहिले उहिले नेपालबाट तमाखु, खुर्सानी, कस्तुरीको विना, राडीपाखी आदि कोसेली बोकेर नेपाली टोली चीनका बादशाहलाई भेट्न जान्थ्यो । चीनका बादशाह पनि नेपालका राजाले मानमनितो गरे भनेर दंग हुन्थे । अनि महँगा महँगा कोसेली दिएर पठाउँथे रे । अचेल यताबाट केही लानुपर्दैन, हुलका हुल मान्छेका जम्बो टोली मात्र लगे पुग्छ । जे कोसेली आउने हो, त्यो चैं उतैबाट आउने गर्दछ ।  तर यसपालि हाम्रा प्रधानमन्त्री अमेरिकापछि चीन भ्रमणमा गएर आए र कोसेली पनि दह्रै लिएर पो आए । अर्थात् चीनसँग गरिएका मुठाका मुठा सम्झौतापत्रहरू र अहिलेसम्मको सबैभन्दा लामो संयुक्त वक्तव्य पनि साथै ल्याए । यो पनि आफैमा उपलब्धि हो । पहिले पहिले पनि हाम्रा प्रधानमन्त्री, राष्ट्रपतिले यस्ता कत्ति सम्झौताका कागजपत्रहरू डोकाका डोका बोकाएर ल्याएकै हुन् । प्रमको काम त सम्झौता गर्दिने न हो । त्यसलाई कार्यान्वयनमा लाने काम त अब प्रशासनको हो । भाषण गरेर शासन गर्न पुगेकाले त आफ्नै लागि रासनपानीको जोहो गर्ने बाहेक अरू के नै गर्छन् र ? तर जहाँसम्म हाम्रो देशको प्रशासनको कुरा छ ऊ प्राय: खाने बेलामा मात्र ब्यूँझन्छ, कुम्भकर्णजस्तो । कुम्भकर्णलाई अरूले आहारा जुराइदिन्थे, हाम्रा प्रशासकहरू त खाने कुराको जोहो आफै गर्न जुर्मुराउँछन् । कुर्सीमा जोसुकैै प्रशासक बसे पनि, कुर्सीमै निदाए पनि यसले हाम्रो प्रशासनिक क्षमतामा खासै असर गर्दैन । हो, सरकारी हाकिमहरू आफ्ना कुर्सीमा बस्दा बस्दै निदाउँछन् पनि । सरकारी कार्यालयका पियन र अझ कुनै दल आबद्ध टे्रड युनियनमा लागेका कर्मचारीहरू त यो विषयमा अझ क्षमतावान् छन् । उनीहरू टुलमै पनि बसी बसी नै उङ्न सक्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि । हाकिमहरू दुई प्रकारले निदाउँछन् । एउटा त सामान्य निद्रा हो, जसमा आँखा बन्द रहन्छन् र दिमाग पनि शान्त रहन्छ । दोस्रोमा आँखा त खुलै रहन्छ, तर दिमाग चैं सुतिरहन्छ । यो एक प्रकारको सिद्धि हो, जुन अनुभवबाट मात्र प्राप्त हुन्छ । सरकारी हाकिम र ‘स्लिप वाकर’मा सबैभन्दा ठूलो भिन्नता यही हो कि स्लिप वाकर कमसेकम हिँड्छ । जब प्रशासन सुत्छ, तब फाइलहरूले तकियाको काम दिन्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि ।  सामान्य व्यक्तिलाई थाहा हुन्छ कि उसलाई सुतेपछि उठ्नु पनि पर्छ, र समयमै उठ्नुपर्छ । किनकि भोलि उठेर काम पनि गर्नुपर्छ । तर प्रशासनलाई सुत्दैखेरि थाहा हुन्छ कि उसलाई उठ्नुपर्नेु कुनै आवश्यकता छैन, जति सुत्यो त्यति हाइसन्चो हुन्छ । साधारण ओछ्यानमा केवल सामान्य निद्रा हुन्छ । तर सरकारी निद्रामा एउटा गज्जबको नशा हुन्छ । हाकिमी पाराको अभिमानको नशा क्या ! जब हाकिमलाई निद्रा लाग्छ, तब फाइलहरू विचारहीन रहन्छन् । प्रशासन सुतिरहन्छ र समस्याहरू चैं विचाराधीन रहन्छन् । आगो लागिरहेको हुन्छ । तर निभाउने कुरा विचाराधीन रहन्छ । मानिसहरू मरिरहेका हुन्छन् । तर डाक्टर बोलाउने कुरा विचाराधीन रहन्छ । विचाराधीन शब्द नै एकदम क्रान्तिकारी र रोचक छ । यो खासमा ‘हुन्न’ भन्ने शब्दको सरकारी पर्यायवाची हो । यो सुतिरहेको शासनको अक्षमताको गम्भीर अभिव्यक्ति हो । विचाराधीनको कुनै समयसीमा निर्धारित हुन्न । कुनै पनि प्रश्न लामो समयसम्म विचाराधीन हुन सक्छ । यसमा समस्या विचारहरूको अधीन हुन जान्छ । अथवा समस्यामाथि विचारहरूले राज गर्छन् । समस्यालाई घुमाइरहन्छन् । उठ्नै दिन्नन् । समस्या टाउको उठाउँछ, तब विचारले त्यसलाई दबाइहाल्छ । विचाराधीनको पनि समय हुन्छ । फाइलको पिठ्युँमा बाँधिएका रातो फित्ताभित्र कागजपत्र छटपटाइरहेका हुन्छन् । यही नै विचाराधीनको स्थिति हो । विचार मानौं कमिला हो, जो सुतिरहेको हात्तीरूपी प्रशासनमुनि दबिएर बसेको हुन्छ । सुतिरहेको प्रशासन वर्तमानलाई भविष्य र भविष्यलाई सुदूर भविष्यमा फ्याँकेर सुत्छ । र, जनतालाई जानकारी दिइन्छ कि उसका समस्याहरू शासककोमा विचाराधीन छन् । हाम्रो सौभाग्य यो हो कि यो देशमा नयाँ विचारहरूले राजकीय ठाँटका साथ जन्म त लिन्छन्, तर दुर्भाग्य ती नयाँ विचारहरू छिट्टै एउटा भिखारी सरह तड्पी तड्पी मृत्युवरण गर्न पुग्छन् । सारा देशभरि प्रस्तावहरू घुमिरहन्छन् । तर यी प्रस्ताव, नयाँ विचार, आइडिया अचार बन्न पुग्छन् । भर्खर जन्मिएका स्टार्टअप उद्यमीहरूका आइडियाहरूको हालत नै हेरौं न । पहिले पहिले कमसेकम यो सुख थियो कि सारा देश एउटा रमाइलो मेला जस्तो लाग्थ्यो र नेताहरू जादुगर जस्ता लाग्थे । नेतालाई देख्न र सुन्न भनेरै मानिसहरू टाढाटाढाबाट ओइरिन्थे । तर अहिले परिस्थिति बदलिएको छ । नेताले बोले पनि वा नबोले पनि त्यसले केही फरक पर्दैन । हाकिम सुत्छन् वा उठ्छन्, त्यसले केही फरक पर्दैन । निर्णय लिए पनि, नलिए पनि केही फरक पर्दैन । यो वा त्यो जुनसुकै समूहले माइतीघरमा धर्ना, जुलुस गरे पनि नगरे पनि केही फरक पर्दैन । सरकारले हडताल, प्रदर्शन गर्ने समूहसँग वार्ता वा कुनै पनि सम्झौता गरे पनि नगरे पनि केही फरक पर्दैन । दैनिक पत्रिकाहरूले जत्ति नै ठूला हेडलाइन बनाएर कुनै समस्याका विषयमा वा कुनै विचार, प्रस्ताव वा विधेयकका विषयमा लेखे पनि, टिभीमा जति कुर्लेर कराए पनि सरकारलाई केही फरक पर्दैन । खबर जतिसुकै गम्भीर, सनसनीपूर्ण रहे पनि २–४ दिनपछि त्यो सारहीन, सनसनीहीन बन्न पुग्छ । भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, ललिता निवास जग्गा काण्ड, लगायत काण्डहरूको हबिगत सम्झिनुस् त । माइतीघरबाट आएको जुलुश सिंहदरबार भएर जान्छ । तर हाम्रा हाकिमहरूका झ्याल र ढोकाहरू प्राय: बन्दै रहन्छन् । बरु मोटा तकिया, नरम बिछ्यौना, आरामदायी कुर्सी वा सोफा, एयर कन्डिसनका बीच हाम्रा नेता, मन्त्री र प्रशासकहरू दिउँसै घुरिरहेका हुन्छन् । बरु बिस्तारै बोल्नुस् । अहिले पनि देशका शासक, प्रशासक घुरेर सुतिरहेका छन् । उहाँहरूको सुत्ने र घुर्ने अधिकारलाई तपाईं डिस्टर्ब नगर्नुस् है !

अर्थहीन संवाद

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्नुपरिरहेका समस्याका बारेमा सम्बद्ध देशका राजदूतहरूसँग छलफल गर्नुभएको छ । राजदूतहरूले विभिन्न समस्या अवगत गराएका छन् । यसरी प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानेहरूका समस्यालाई लिएर सम्बद्ध मन्त्रीहरूको उपस्थितिमा जानकारी लिनु सकारात्मक पहल हो । तर, यस्तो छलफल र समस्याको प्रस्तुतिले समाधानको बाटो दिँदैन ।  के श्रम गर्न जाने नेपालीले विदेशमा भोग्दै आएका समस्या प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिलाई अझै थाहा नभएको होला त ? भन्ने प्रश्न महत्त्वपूर्ण छ । विदेशमा नेपालीले न्यून पारिश्रमिकमा काम गर्नु परेको, जोखिम काम गर्नुपरेको, काम गर्ने न्यूनतम मापदण्ड पूरा नगरेको जस्ता समस्या अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो । त्यसैले प्रधानमन्त्रीलाई पनि यस्ता समस्या थाहा हुन सक्दैन भनेर अनुमानै गर्न सकिँदैन । तैपनि प्रधानमन्त्रीले यस्ता समस्या थाहा नपाए जसरी राजदूतहरूसँग बिफ्रिङ लिनुको कुनै अर्थ छैन । बरु महत्त्वपूर्ण कुरा नेपाली युवाहरू किन स्वदेशमा बस्ने अवस्था छैन भन्ने हो । स्वदेशमा रोजगारीको अवसर, उद्यमशीलताको वातावरण भएको भए पक्कै पनि अहिलेको जस्तो हूलका हूल युवा वैदेशिक रोजगारीमा जाँदैनथे । त्यसैले प्रधानमन्त्रीले गर्नुपर्ने काम त युवालाई स्वदेशमा कसरी बस्ने वातावरण बनाउने भन्ने हो । आफूले त्यतातर्फ काम नगर्ने तर नेपाली श्रमिकले विदेशमा भोगिरहेका समस्या सुनेर यसो, उसो गर्ने भाषण गर्नुले देशको अवस्थामा सुधार हुँदैन । यस्तो छलफल समयको बर्बादी मात्र हो । जतिसुकै असल नियतले छलफल गरे पनि त्यो अर्थहीन र परिणामविहीन  हो भन्ने देखिन्छ ।  राजदूतहरूले जेजस्ता समस्याको उठान गरे वा सम्बद्ध मन्त्रालयका अधिकारीले जेजति विषयमा प्रस्तुति दिए ती सबै समस्याको जननी सरकार नै हो । हो, मेनपावर कम्पनीको केही गल्ती छन् तर तिनलाई कारबाही गर्न नसक्नु वा नियमनमा राख्न नसक्नु पनि सरकारकै दोष हो । युवा वैदेशिक रोजगारीमा जानै परे पनि सरकारले जानेलाई दक्ष बनाउन सकेको छैन । आफूले गर्ने कामको आधारभूत ज्ञान नलिई ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जाँदासमेत सरकारले उनीहरूलाई दक्ष बनाउनेतिर नलगाउने तर युवा निर्यातको जोड दिनु देशका लागि घातक हो ।  यसको साथै नेपालको कूटनीतिक क्षमता पनि ज्यादै कमजोर बन्दै गएको छ । परिणामत: विश्व रंगमञ्चमा नेपाललाई बेवास्ता गर्न थालिएको छ । जब मुलुकका कूटनीतिक क्षमता कमजोर हुन्छ त्यसले वैदेशिक रोजगारीमा जाने होस् वा अन्य कारणले विदेशमा बसेका नेपाली होऊन् तिनका कुनै पनि समस्या समाधान गर्न सक्दैन । त्यही भएर विदेशमा पुगेका नेपालीहरू दूतावासको सम्पर्कमा आउन खासै रुचाउँदैनन् ।  नेपालको वैदेशिक रोजगारी चुनौतीपूर्ण छ । पर्याप्त सूचना र जानकारी नदिई विदेश पठाउने र कमिसन लिएर बिचल्लीमा पार्ने गरिएको छ । विदेशमा पनि नेपालीको पासपोर्टलगायत डकुमेन्ट आफ्नो नियन्त्रणमा लिएर जोखिमयुक्त काममा लगाउने, पारिश्रमिक ज्यादै कम दिने जस्ता क्रियाकलाप भइरहेको पाइन्छ । अझ महिला कामदारहरूले भोग्नुपरेको समस्या त निकै पीडादायक छ । त्यसैले वैदेशिक रोजगारीमा कस्तालाई पठाउने, श्रम सम्झौता भएका मुलुकमा गएको नेपालीको अभिलेख राख्ने आदि काम गर्नु जरुरी देखिन्छ । तर, आपत्मा परेका नेपालीले कतिपय अवस्थामा दूतावासको कर्मचारीलाई भेट्न नै नपाएको, गैरजिम्मेवारी जवाफ दिएको जस्ता गुनासो सुन्न पाइन्छ । सरकारले बनाएको नीति र कानूनमा त्यति धेरै समस्या देखिँदैन । तर, तिनको कार्यान्वयन भने छैन भन्दा हुन्छ । तिनले कामदारलाई सहजीकरण गर्नुभन्दा पनि अप्ठ्यारोमा पार्ने गरेको पाइन्छ ।  त्यसैले यस्ता समस्याको समाधान छलफलले गर्दैन । झट्ट हेर्दा प्रधानमन्त्री यसमा निकै गम्भीर भएको भन्ने त देखिन्छ तर कार्यान्वयनका एकाइलाई यसले उत्तरदायी बनाउने सम्भावना ज्यादै कम छ । प्रधानमन्त्रीले दिएका निर्देशन र सरकारले गरेका निर्णय कार्यान्वयनको अवस्था हेर्दा प्रधानमन्त्रीको पहल अर्थहीन छ ।

फेरि स्कुल जान पाए

जिन्दगीले बारम्बार समस्याको घण्टी बजाइरहँदा,पाले दाइले बजाउने त्यो अन्तिम घण्टी सुन्न पाए,छुटेका ती साथीहरू भेट्न पाए,परीक्षामा पास भएर परिवारलाई,रिजल्टको खुशी देखाउन पाए,जीवनको खुशी फर्किन्थ्यो होला।

प्रदीप पौडेलले सञ्चालनमा ल्याए गुनासो सुन्न हटलाइन

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् । पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव संकलनका लागि हटलाइन नम्बर ९८०२९८०२ सार्वजनिक गरेका हुन् । ‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पुरा सदस्यलाई भेट्न पाइएन,’ प्रदीपले भने, ‘जसलाई मैले चाहेर पनि भेट्न सकिन उहाँहरुले फोनबाटै सल्लाह सुझाव दि

...त्यसपछि डिप्रेसनको औषधि सहारा लिएँ!

मलाई भेट्न नपाउँदै प्रहरीले तपाईंको छोराविरूद्ध लागुऔषध कारोबार मुद्दामात्र होइन, बलात्कारको किटानी जाहेरी  पनि परेको छ भने। त्यो कुरा राम्रोसँग सुन्न नपाउँदै मलाई एक्कासि रिंगटा लागेजस्तो भयो।

कमरेडहरू, तमासा बढी भो, चित्कार सुन्न एकपटक आर्यघाट जानुस् !

सोमवार दिउँसो सवा एक बजे । एउटा मिटिङ सकाएर भाइ निर्मललाई भेट्न उनले काम गर्ने सिटिजन्स बैंकमा भर्खर छिरेको मात्र थिएँ, मोबाइलमा घण्टी बज्यो । यसो हेरें, श्रीमतीजीको फोन ।  घरमा चाहिने सामान बिहानै किनेर लगेको थिएँ । सबै ठीकठाक थियो । तैपनि दिउँसो ‘अड टाइम’मा आएको फोनले अतिरिक्त खुल्दुली थप्यो । सानोतिनो कामका लागि मलाई हत्तपत्त उनी फोन गर्दिनन् । फोन उठाउनासाथ भनिन्, “तपाईं कहाँ हुनुहुन्छ ? हेर्नुस् न ....(एकजना नजिकको आफन्त ) बित्नुभएछ । तपाईं बुवालाई लिएर तुरुन्त जानुपर्ने भो ।  ...

‘भैरे’को गीत रिलिज, विक्रान्त र बुद्धिसँग कम्मर मर्काउँदै वर्षा

काठमाडौं : दयाहाङ राई स्टारर फिल्म ‘भैरे’को गीत रिलिज गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतमा वसन्त सापकोटाको शब्द र संगीत रहेको छ। यस गीतमा यम बराल, वसन्त सापकोटा र मेलिना राईको आवाज सुन्न सकिन्छ। ...