नेपालमा कार्यरत भारतीय नागरिकले अब मोबाइल बैंकिङ एप वा क्वीक रेन्सपोन्स (क्यूआर) कोडमार्फत भारतस्थित आफ्नो बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । भारतमा कार्यरत नेपालीले पनि भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको खातामार्फत नेपाली बैंक खातामा रकम भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।