बागलुङ : राष्ट्रपति विद्यादेवी भण्डारीको बागलुङ जिल्ला भ्रमणको कार्यक्रम तय भएको छ।
राष्ट्रपति भण्डारी गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि बुधबार अर्थात् फागुन १० गते बागलुङ आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्षकुमार खड्काले जानकारी दिए।
अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिर दर्शनका लागि बुधबार बिहान आउने कार्यक्रम रहेको भन्दै गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वागतको तयारीमा जुटेको छ।
पहिलो महिला राष्ट्रपतिद्वारा कालिक...