काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । आज आइतवार भएको पहिलो खेलमा चेन्नईले कोलकातालाई दुई विकेटले हराएको हो । कोलकाताले दिएको एक सय ७२ रनको लक्ष्य चेन्नईले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा भेटाएको हो ।
चेन्नईका लागि फाफ डु प्लेसीले ४३, रुतुराज गायकवडले ४०, मोइन अलीले ३२ र रविन्द्र जडेजाले २२ रन बनाए । बलिङतर्फ कोलकाताका सुनील नराइनले तीन विकेट लिए ।
यसअघि आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरम...