जनकपुरधाम– सिरहामा दिवा खाजामा अनियमितता गरेको आरोपमा विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको छ। सिरहाको औरही गाउँपालिकामा रहेको आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। अनुगमनको क्रममा स्कुलमै गएपछि दिवा खाजामा अनियमितता देखिएपछि प्रधानाध्यापकलाई बोलाइएको उनले बताए। ‘हामी स्कुलमै अनुगमनका लागि पुगेका थियौँ। त्यहाँ पुग्दा प्रधानाध्यापक नबस्ने, विद्यार्थीहरुको विजोग […]