आधुुनिक जीवनशैलीका कारण धेरै मानिस तनावमा बसिरहेका हुन्छन् । तनावले मानिसहरूलाई सफलता हासिल गर्न रोक्छ ।
यहाँ हामी तनाव घटाउने केही टिपहरू दिँदैछौं । त्यसलाई पालन गर्नुभएमा जीवन सुखद हुन्छ ।
व्यायाम
जति व्यस्त भए पनि व्यायाम गर्न नछुटाउनुस् । दिनदिनै मर्निङ वाक गर्नुस् । ध्यान र योगलाई नियमित दिनचर्या बनाउनुस् । यसले मन शान्त र खुशी हुनेछ । तनाव हराउनेछ ।
पूरा निद्रा
राति अबेरसम्म बसेर काम गर्ने बानी छोड्नुस् । निद्रा पूरा हुन पाएन भने झर्कोफर्को लाग्छ । राति कम्तीमा आठ घन्टा सुत्नुस् । भरपूर निद्...