टीभीएस रेडर सप्तरंग-३ को पहिलो कार्यक्रम काँकडभिट्टामा, रेडर बाइक मुख्य आकर्षण

काठमाडौं। मंसिर २४ बाट सुरु भएको टीभीएस रेडर सप्तरंग ३ पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न गरेको छ। नेपाली चलचित्रका

सम्बन्धित सामग्री

टीभीएस रेडर आइगो सार्वजनिक, टर्क बढाउन मिल्ने

काठमाडौं । टीभीएसले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार टीभीएसको नयाँ भेरियन्ट रेडर आइगो सार्वजनिक गरेको हो । उक्त बाइक सार्वजनिक भएसँगै टीभीएसको रेडर १२५ अब ६ वटा भेरियन्टमा उपलब्ध भएको छ । जसमा ड्रम, सिंगलसिट, स्प्लिट सिट, आइगो, एसएसई र एसएक्स रहेको छ । आइगो भेरियन्टमा १२४.८ सीसी एयर र […]

टीभीएस रेडरले पायो 'मोटरसाइकल अफ दी इयर २०२२’ अवार्ड

काठमाडौं । टीभीएस रेडर १२५ ले मोटरसाइकल अफ दी इयर अवार्ड जितेको छ । रेडरले बाइक इन्डिया अवार्ड २०२२ जित्न सफल भएको हो । रेडर १२५ ले १२५ सीसी सेग्मेन्टमा वेस्ट अवार्ड जितेको हो । यो मोटरसाइकल धेरै युवाको रोजाईमा पर्नुको मुख्य कारण नै यसमा रहेका फिचर हुन् । टीभीएसले रेडर १२५ मा गियर इन्डिकेटर […]

टीभीएस रेडर १२५ सम्मानित

काठमाडौं (अस) । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दी इअर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर१२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थामा स्थिरताका लागि परिचित छ ।  टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । आईएमओटीवाई उपाधि छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डल  गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेस्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए । इन्डिया टुडे उल्लिखित लेखद्वारा निर्णायक मण्डलीका सदस्यको विशेषज्ञताले प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रूपमा स्थापित छ । ‘टीभीएस रेडरलाई प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा गौरवान्वित छौं । यसका श्रेय समग्र टीभीएस मोटर्सको टिमलगायत टीभीएस रेडारलाई माया गर्ने समग्र उपभोक्तालाई दिन चाहन्छौं’, अवार्ड कार्यक्रममा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने । हरेक वर्ष भारतीय बजारमा अनेक बाइक सार्वजनिक हुन्छन् ।  यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पारेको हो । उत्पत्तिको स्थान अन्यत्र भए पनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकल भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य थियो  । उपाधि विजेता घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको हो । निष्पक्ष र पारदर्शी प्रणालीले आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रूपमा लिने गरिएको छ । अत्याधुनिक फिचर रहेको टीभीएस रेडर नेपालमा पनि ग्राहक रोजाइमा पर्दै आएको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बताएको छ । टीभीएस रेडर१२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता छन् । यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रतिघन्टाको गति  ५.९ सेकेन्डमा प्राप्तगर्ने क्षमता बोकेको छ ।

कैलालीको अत्तरियामा टीभीएस सोरुम

काठमाडौं (अस) । शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले कैलालीको अत्तरियामा सेल्स, सर्भिस एन्ड स्पेयर्स ( थ्री एस) सहितको सोरुम बागेश्वरी मल्टी मोटर्स उद्घाटन गरेको छ । ‘ग्राहक सुविधाका लागि टीभीएसको थ्रीएस सुविधासम्पन्न नयाँ सोरुम अत्तरियामा खोलेका हौं । नयाँ सोरुमले टीभीएसका बाइक तथा स्कुटर खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेछ,’ बागेश्वरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले भने । कम्पनीले कार्यक्रममार्फत युवा लक्षित १ सय २५ सीसी श्रेणीअन्तर्गतको अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । टीभीएस रेडर मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेललगायत उपस्थित थिए । युवा लक्षित स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध छन् । उद्घाटन कार्यक्रममा कैलाली गोदावरी नगरपालिका उपप्रमुख  रत्ना कदायर उपस्थित थिए । उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडाध्यक्ष शर्मानन्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, अत्तरिया ट्राफिक प्रमुख वामदेव गौतम, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उप–सभापति, निर्देशक दीपककुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियारको पनि उपस्थिति थियो ।

अत्तरियामा टीभीएसको नयाँ शो रुम, टीभीएस रेडर सार्वजनिक

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले अत्तरियामा एक्स्क्ल्युजिस थ्री एस (सेल्स, सर्भिस एन्ड स्पेयर्स) सुविधासम्पन्न नयाँ शो रुम वागेश्वरी मल्टी मोटर्स सञ्चालनमा ल्याएको छ । वागेश्वरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले अत्यधिक रुचाइएको ब्रान्ड टीभीएसको थ्री एस सुविधासम्पन्न शो रुमबाट टीभीएसका बाइक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप...

टिभिएसले रेडर बाइक सातै प्रदेशमा लञ्च गर्ने

सातै प्रदेशमा ‘टीभीएस रेडर – सप्तरंग–३’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो ।‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कला मार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइएको छ । कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट […]