मन्त्रीहरूमाझ मुख्यमन्त्री शाहको ब्रिफिङ- सरकार ढल्दैन चिन्ता नगर्नुहोला

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई तत्काल सरकार नढल्ले ब्रिफिङ गरेका छन् । आज मुख्यमन्त्री निवासमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए । छलफलमा मुख्यमन्त्री शाहले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, कांग्रेसकै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपट साउद र आर्थिक […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री बन्न खगराजको कसरत, ओलीले भने- उता छलफल गर्नू, राप्रपालाई म मिलाउँछु

राप्रपा संघको गठबन्धनमा नरहेको र प्रदेशमा साथ नदिए सरकार गठनमा अप्ठ्यारो पर्ने सुनाएपछि ओलीले त्यसमा चिन्ता नलिन दलका नेता अधिकारीलाई सुझाए ।

घोडाघोडीको कायापलट हुने गरी विकास गर्छौ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् । ‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २४ […]

कोशीको बजेट : पास हुन्छ कि फेल ?

८ असार, विराटनगर । सात मध्ये ६ वटा प्रदेशले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलाइरहेका बेला कोशी प्रदेशसभा परिसर सुनसान छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेबजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका कारण परिसर सुनसन भएको हो । अध्यादेशको बजेट ल्याएका कार्कीलाई बजेट भन्दा पहिला सरकार जोगाउने चिन्ता छ । बजेट अध्यादेशलाई प्रदेशसभामा पेश गर्नका लागि […]

पूँजीगत खर्च नहुँदा विकास गर्न नसकिएको मुख्यमन्त्रीको गुनासो

विराटनगर । पूँजीगत खर्च नहुँदा विकासमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा बुधवार विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षीय सहयोग आवश्यक रहेको बताए । लगानीकर्ताले सहयोग गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको हालको पूँजीगत खर्च १२ अर्ब रहेको बताए । ‘अत्यधिक बढ्दा पनि २० अर्बभन्दा माथि पुग्न सक्दैन,’ मुख्यमन्त्री राईले भने, ‘एक कार्यकालमा पनि १४ जिल्लामा सडक निर्माण गर्न नसकिने किसिमको खर्चको स्थिति छ ।’ अहिलेको खर्चको अवस्थाले ५ वर्षमा २०० किलोमिटर सडक पनि निर्माण हुन नसक्ने रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । मुख्यमन्त्री राईले छिमेकी भारत र चीनले तीव्रगतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै जोखिमपूर्ण बन्दै जाने बताए । उत्पादनको क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर काम गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार अन्तर्गत प्रदेश लगानी प्राधिकरणले लगानीका क्षेत्रहरू अध्ययन गरेर अन्तिम चरणमा पुर्‍याएको मुख्यमन्त्री राईको दाबी छ । आगामी दिनमा कुन पालिकामा कुन वस्तुको उत्पादन र विकास गर्ने भन्ने विषय प्रष्ट पारेर आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिने मुख्यमन्त्री राईले बताए । कार्यक्रममा प्रदेशको सम्भाव्यताको विषयमा आफ्नो प्रस्तुति दिँदै अमेरिकन मिलिट्री युनिभर्सिटीका प्राध्यापक मेदिनी अधिकारीले देशमा थुप्रै सम्भावना रहेको भए पनि त्यसको सदुपयोग हुन नसकेको बताए । निजीक्षेत्रले लगानी गर्न चाहेको भए पनि नीतिगत समस्याका कारण वातावरण नभएको धारणा उनले राखे । कार्यक्रममा प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइरालाले विराटनगरबाट ढाका, कलकत्ता, दिल्लीमा उडान गर्नुपर्ने, प्रदेशमा विदेशी लगानी भित्त्याउन ‘फास्ट ट्र्याक’मा काम हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अहिले पनि लगानीको वातावरण नभएको गुनासो गरे । ‘औद्योगिक नीतिको अभाव छ, तजबिजीमा काम गर्ने परिपाटीले सरकार भए नभएको आभास भइरहेको छैन,’ घिमिरेले भने । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का अध्यक्ष टीकाराम ढकालले कमिसनको खेलले लगानी नआउने भन्दै देशमा उत्पादन हुने वस्तुको ब्राण्डिङमा ध्यान दिनुपर्ने बताए । उद्योगी पवनकुमार शारडाले उद्योगीलाई लगानी गर भनेर वातावरण खल्बल्याउने समस्या सरकारसँगै रहेको आरोप लगाए । स्थानीय सरकारले अनावश्यक कर लिने बहाना बनाएर हैरानी दिइरहेको गुनासो उनले गरे ।

पटक - पटक सरकार परिवर्तन हुँदा लगानी डुब्ने चिन्तामा व्यवसायी

कात्तिक ३०, सुनसरी । प्रदेश नं १ मा पटक - पटक सरकार परिवर्तन भइरहँदा व्यवसायीहरुले लगानी डुब्ने हो की भन्ने आशंका गर्न थालेका छन् । सुनसरी तथा मोरङ करिडोरमा सञ्चालन भएका ठूला लगानीका व्यवसायहरू पटक पटकको सरकार परिवर्तनले लगानी पनि जोखिममा पर्ने हो की भन्ने आशंकामा छन् ।  एकातिर कात्तिक पहिलो साता आएको बाढीले सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रमा करोडौको क्षति गरेको थियो । सरकार बन्दै पिच्छेका सरकारले सहयोगको प्रतिबद्धता जनाउँछन् तर पूरा हुन नपाउँदै सरकार परिवर्तनले व्यवसायीहरुको लगानी सुनिश्चित नहुने कि भन्ने चिन्ता थपिएको छ ।  दुई वर्ष कोरोना संक्रमणका कारण थला परेको समयमा तत्कालिन मुख्यमन्त्री शेरधन राईले राहत उपलब्ध गराउने आस्वासन बाडेका थिए तर उनकै कुर्सी छिनेपछि गठित प्रदेश सरकारले वास्तै गरेन ।  कात्तिक पहिलो साता बाढीले क्षति गरेको समय प्रदेश सरकारमा रहेका तत्कालिन मुख्यमन्त्री भिम आचार्यले क्षतिपूर्तिको आस्वासन दिएका थिए । तर उनको सरकार ढलेपछि नयाँ सरकारले व्यवसायीहरूको माग सम्बोधन नगर्ने हो की भन्ने पिर अहिले ठूला उद्योगी र व्यवसायीहरूमा परेको छ । प्रदेश १ मा तेस्रो पटक बनेको गठबन्धनको सरकारको मुख्यमन्त्री राजेन्द्र कुमार राई आएका छन् । अघिल्ला मुख्यमन्त्रीहरुले व्यवसायी तथा उद्योगीका लागि गरेका प्रतिबद्धता पूरा गर्छन् की गर्दैनन्, सशंकित भएका छन् ।  एशियन थाइ फुड प्रालिका प्रबन्ध निर्देशक महेश जाजु उद्योगीहरूको पिर मार्का कुनै सरकारले नसुनेको बताउँछन् । शुरूवाती चरणमा प्रदेश सरकारले उद्योगीहरूको मनोवल बढाउने काम गरेपनि अहिले कुर्सीको मोहमा लाग्दा उद्योगी र व्यवसायीहरूलाइ नै बिर्सिएको उनले आरोप लगाए । त्यस्तै १ नं प्रदेशकै उत्कृष्ट पर्यटकीय मनोरञ्जन स्थलको रुपमा रहेको इप्पिल्याण्ड फन पार्कका सञ्चालक भिम पौडेलले अब प्रदेश सरकारसँग कुनै आशा नरहेको बताए । उनी भन्छन्, ‘एउटा मुख्यमन्त्रीले प्रतिबद्धता जनाउँछन्, अर्को आउने बित्तिकै काटिन्छ, यस्तो निरन्तरताले कहिले हामीले सहयोग पाउने ?’ त्यस्तै, इटहरी स्थित पर्यटकिय स्थल तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बु पनि प्रदेश सरकारको आश नलागेको बताउँछन् । तत्कालिन मुख्यमन्त्री शेरधन राइकै पालामा तालतलैयामा जेट बोट सञ्चालन भएको थियो । त्यो बेला राइले नै त्यस क्षेत्रलाइ नमूना पर्यटकीय क्षेत्र बनाउनको निमित्त वार्षिक बजेटको व्यवस्था मिलाउने घोषणा समेत गरेका थिए । तर पद नै गुमेपछि घोषणा कागजमै सीमित बन्न पुगेको छ । कोरोना महाकारीपछि प्रदेश सरकारकै नीति र अनुदानको आस्वासनमा व्यवसायीहरु उत्साहित भइरहेको बेला पटक पटकको सरकार परिवर्तनले उनीहरूमा पुनः निराशा छाएको छ । उत्साहजनक रूपमा व्यवसाय शुरू गरेका ठूला व्यवसायीहरू अहिले ठूलो पिडामा छन् । राज्यबाट अनुदान प्राप्त होला र व्यवसायलाइ थोरै भएपनि राहत मिल्छ भन्ने आसमा बसेका व्यवसायीहरू अहिले सरकार परिवर्तनसँगै नीति पनि परिर्वतन हुने होकी भन्ने चिन्तामा छन् ।

मुख्यमन्त्री शाक्यको चिन्ता : व्यवस्था परिवर्तन भएपनि राजनीतिक अस्थिरता उस्तै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् ।जननिर्वाचित बहुमतको सरकारलाई

कर्णली प्रदेश सरकार र ग्लोबल आईएमई बैंकबीच कर्जा प्रवाह सम्बन्धि समझदारी

साउन ३०, सुर्खेत । कृषकलाई ब्याज अनुदान कर्जा प्रवाह गर्न कर्णाली प्रदेश सरकार र ग्लोबल आईएमई बैंक लिमिटेड बीच समझदारी भएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ब्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ को कार्यान्वयन गर्न बैंकसँग समझादारी गरेको हो ।  दुवै पक्षबीच भएको समझदारीबाट व्यावसायिक कृषि तथा पशुपंक्षीपालन व्यवसायका लागि ब्याज अनुदानमा कर्जा लिन चाहने कृषकलाई सहज हुनेछ । ग्लोबल आईएमई बैंकका विभिन्न पालिका तथा जिल्लास्थित शाखाहरुबाट कर्णाली प्रदेशभरका कृषकले कृषि तथा पशुपालन व्यवसाय वृद्धिका लागि ब्याजमा अनुदान कर्जा लिन सक्नेछन् ।  कृषकलाई अनुदान रकम दिन मन्त्रालय मातहतका हरेक जिल्ला स्थित कार्यालय र बैंकको जिल्ला शाखाबाट सेवा प्रवाह गरिनेछ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय र बैंकको प्रदेश स्तरीय कार्यालयबाट दुई/दुई जना प्रतिनिधि रहने गरी अनुगमन तथा समन्वय समिति समेत गठन गरिने बताइएको छ ।  कार्यविधि अनुसार कृषकले अब एक करोड रुपैयाँसम्म कर्जा अनुदान पाउन सक्नेछन् । बैंकले ८ दशमलब ६ प्रतिशत ब्याज दरमा दिने कर्जालाई प्रदेश सरकारले ७ प्रतिशत व्याज तिरिदिने समझदारी भएको छ ।  त्यसमा कृषकले व्याज अनुदानमा लिएको कर्जाको करीब डेढ प्रतिशत मात्र थप्नु पर्नेछ । यसैबीच ‘क’ वर्गका वाणिज्य बैंकहरुले समेत बिना धितो ऋण लगानी गर्दा नडुब्ने वातावरण तयार गर्न कर्णाली सरकार समक्ष अनुरोध गरेका छन् ।  गत साताा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बैंकका प्रतिनिधिहरुले प्रदेशमा लगानीमैत्री वातावरण बनेमा आफूहरु लगानी गर्न तयार रहेको बताएका हुन् । ‘उहाँहरुको चिन्ता लगानी डुब्ने हो कि भन्नेमा थियो,’ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले भने, ‘त्यसका लागि हामीले सरकारको तर्फबाट आवश्यक प्रतिबद्धता जनाएका छौं ।’  अन्तरक्रियामा मुख्यमन्त्री शाहीले उत्पादनमूलक क्षेत्रमा लगानी गरिदिन बैंकहरुलाई आव्हान गरे । उनले बढीमा विनाधितो पाँच लाखसम्म लगानी गरेमा प्रदेश सरकारले नै दुई वर्षसम्म व्याज तिरि दिने बचन दिए ।

बिनाधितो ऋण लगानी डुब्न नदिन कर्णाली सरकार प्रतिबद्ध

सुर्खेत । ‘क’ वर्गका वाणिज्य बैंकहरुले विनाधितो ऋण लगानी गर्दा नडुब्ने वातावरण तयार गर्न कर्णाली सरकारसमक्ष अनुरोध गरेका छन् । काठमाडौंमा आयोजित अन्र्तक्रियामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बैंकका प्रतिनिधिले कर्णालीमा लगानी गर्न आफूहरु तयार रहेको बताए । ‘उहाँहरुको चिन्ता लगानी डुब्ने हो कि भन्नेमा थियो,’ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले नेपालप्रेससँग भने, ‘त्यसका […]

प्रदेश २ मा जनतालाई खोप लगाउन प्रेरित गर्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेट वार्ता भएको छ। मंगलबार सिंहदरबार स्थित गृह मन्त्रालयमा भेटको क्रममा मन्त्री खाँणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको बताएका थिए।हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरू उपलब्ध भएता पनि प्रयोग नभएकोमा पनि खाँणले चिन्ता व्यक्त गरेका थिए । प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीसँग खाँणको आग्रह थियो। साथै सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र

प्रदेश २ मा उपेन्द्र यादव पक्षकै मुख्यमन्त्री र अर्थमन्त्रीबीच टकराव

प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी