पटक - पटक सरकार परिवर्तन हुँदा लगानी डुब्ने चिन्तामा व्यवसायी

कात्तिक ३०, सुनसरी । प्रदेश नं १ मा पटक - पटक सरकार परिवर्तन भइरहँदा व्यवसायीहरुले लगानी डुब्ने हो की भन्ने आशंका गर्न थालेका छन् । सुनसरी तथा मोरङ करिडोरमा सञ्चालन भएका ठूला लगानीका व्यवसायहरू पटक पटकको सरकार परिवर्तनले लगानी पनि जोखिममा पर्ने हो की भन्ने आशंकामा छन् ।  एकातिर कात्तिक पहिलो साता आएको बाढीले सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रमा करोडौको क्षति गरेको थियो । सरकार बन्दै पिच्छेका सरकारले सहयोगको प्रतिबद्धता जनाउँछन् तर पूरा हुन नपाउँदै सरकार परिवर्तनले व्यवसायीहरुको लगानी सुनिश्चित नहुने कि भन्ने चिन्ता थपिएको छ ।  दुई वर्ष कोरोना संक्रमणका कारण थला परेको समयमा तत्कालिन मुख्यमन्त्री शेरधन राईले राहत उपलब्ध गराउने आस्वासन बाडेका थिए तर उनकै कुर्सी छिनेपछि गठित प्रदेश सरकारले वास्तै गरेन ।  कात्तिक पहिलो साता बाढीले क्षति गरेको समय प्रदेश सरकारमा रहेका तत्कालिन मुख्यमन्त्री भिम आचार्यले क्षतिपूर्तिको आस्वासन दिएका थिए । तर उनको सरकार ढलेपछि नयाँ सरकारले व्यवसायीहरूको माग सम्बोधन नगर्ने हो की भन्ने पिर अहिले ठूला उद्योगी र व्यवसायीहरूमा परेको छ । प्रदेश १ मा तेस्रो पटक बनेको गठबन्धनको सरकारको मुख्यमन्त्री राजेन्द्र कुमार राई आएका छन् । अघिल्ला मुख्यमन्त्रीहरुले व्यवसायी तथा उद्योगीका लागि गरेका प्रतिबद्धता पूरा गर्छन् की गर्दैनन्, सशंकित भएका छन् ।  एशियन थाइ फुड प्रालिका प्रबन्ध निर्देशक महेश जाजु उद्योगीहरूको पिर मार्का कुनै सरकारले नसुनेको बताउँछन् । शुरूवाती चरणमा प्रदेश सरकारले उद्योगीहरूको मनोवल बढाउने काम गरेपनि अहिले कुर्सीको मोहमा लाग्दा उद्योगी र व्यवसायीहरूलाइ नै बिर्सिएको उनले आरोप लगाए । त्यस्तै १ नं प्रदेशकै उत्कृष्ट पर्यटकीय मनोरञ्जन स्थलको रुपमा रहेको इप्पिल्याण्ड फन पार्कका सञ्चालक भिम पौडेलले अब प्रदेश सरकारसँग कुनै आशा नरहेको बताए । उनी भन्छन्, ‘एउटा मुख्यमन्त्रीले प्रतिबद्धता जनाउँछन्, अर्को आउने बित्तिकै काटिन्छ, यस्तो निरन्तरताले कहिले हामीले सहयोग पाउने ?’ त्यस्तै, इटहरी स्थित पर्यटकिय स्थल तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बु पनि प्रदेश सरकारको आश नलागेको बताउँछन् । तत्कालिन मुख्यमन्त्री शेरधन राइकै पालामा तालतलैयामा जेट बोट सञ्चालन भएको थियो । त्यो बेला राइले नै त्यस क्षेत्रलाइ नमूना पर्यटकीय क्षेत्र बनाउनको निमित्त वार्षिक बजेटको व्यवस्था मिलाउने घोषणा समेत गरेका थिए । तर पद नै गुमेपछि घोषणा कागजमै सीमित बन्न पुगेको छ । कोरोना महाकारीपछि प्रदेश सरकारकै नीति र अनुदानको आस्वासनमा व्यवसायीहरु उत्साहित भइरहेको बेला पटक पटकको सरकार परिवर्तनले उनीहरूमा पुनः निराशा छाएको छ । उत्साहजनक रूपमा व्यवसाय शुरू गरेका ठूला व्यवसायीहरू अहिले ठूलो पिडामा छन् । राज्यबाट अनुदान प्राप्त होला र व्यवसायलाइ थोरै भएपनि राहत मिल्छ भन्ने आसमा बसेका व्यवसायीहरू अहिले सरकार परिवर्तनसँगै नीति पनि परिर्वतन हुने होकी भन्ने चिन्तामा छन् ।

सम्बन्धित सामग्री

वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य हुँदैनः डा. कोइराला

मोरङ – वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य नहुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग नेता कोइरालाले आर्थिक क्षेत्रमा देखिएको मन्दी अन्त्यका लागि अहिलेको सरकार परिवर्तन हुनुपर्ने बताएका हुन्। आर्थिक मन्दी हटाउन र नागरिकमा आशा जगाउन सरकार परिवर्तन हुन आवश्यक रहेको नेता कोइरालाको भनाइ छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका […]

तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा

सिन्धुली । नेपालकी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन । बुधबार नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन । प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोंचमा नरहेको बताए । उनले भने, ‘हाम्रो सरकार बनाउने […] The post तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- तत्काल सरकार परिवर्तन हुँदैन

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

‘सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्छ’

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको...

‘सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने वेथितिको अन्त्य हुनुपर्छ’

काठमाडौं, पुष १६ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समय अगावै […]

‘सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बाेलाउने प्रवृत्ति अन्त्य गरिनुपर्छ’

काठमाण्डाै – सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।  बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समयअघि नै राजदूतलाई फिर्ता बोलाउनाले विश्वमा सरकार कमजोर हुने उहा...

‘दशैंअगाडि नै प्रदेश–१ को सरकार परिवर्तन हुन्छ’

विराटनगर-नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले दशैं अगाडि नै सरकार परिवर्तन हुने दाबी गरेको छ ।विराटनगरमा पत्रकारसँगको भेटमा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले दशैंअघि नै प्रदेश–१ को सरकार परिवर्तन भइसक्ने दाबी गरे । संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश–१ को बजेट अधिवेशन अन्त्य गरिएको कार्कीले बताए । “सरकार संसददेखि डरले जति […]

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । भारतबाट नेपाली

नेता मानेकाहरू नै सरकार परिवर्तन गर्न लागिपरे : मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर,