तपाईंले आलुको समोसा त धेरै खाइसक्नुभएको होला । यहाँ हामी तपाईंलाई भेजिटेबल समोसा बनाउने विधि सिकाउँदैछौं ।
सामग्री
मैदा दुई कप
तेल तीन चम्चा
जीरा अलिकति
आलु चारवटा (उमालेको र फुटाएको)
ताजा मटर आधा कप (उमालेको र फुटाएको)
गाजर एउटा (उमालेको र फुटाएको)
हरियो खुर्सानी तीनवटा (मसिनो गरी काटेको)
धनियाको धूलो आधा चम्चा
रातो खुर्सानीको धूलो आधा चम्चा
नून स्वादअनुसार
चाट मसला आधा चम्चा
तार्ने तेल
पानी आवश्यकता अनुसार
विधि
एउटा बाउलमा मैदा, नून, जीरा, कागतीको र पानी राखेर दह्रो डल्लो बनाउन...