हामी नेपालीले बहुदलीय राजनीतिक प्रणालीको लगातार अभ्यास गरेको ३० वर्ष नाघिसकेको छ। यी ३० वर्षमध्ये १४ वर्ष त राजा र राजदरबारलाई शक्ति केन्द्र नमानिएको गणतन्त्रमै बितेका छन्।हजारौं वर्ष राजतन्त्रको शासनमा बिताएको समयको तुलनामा ३०/४० वर्षको समय सफलता र असफलताको निर्णय भइहाल्नु पर्ने वा गरिहाल्नु पर्ने समय होइन। यो परीक्षणकै समय हो। तर‚ प्रजातन्त्र र गणतन्त्रले देशले अपेक्षा गरे झैं र यसका लागि वर्षौं लडेका राजनीतिक शक्तिहरू हजारौं नेपालीको बलिदान र प्रतिवद्धता अनुरुप देशको शासन व्यवस्थाको सञ्