सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकामा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने निर्णय गरेको […]