सुर्खेत : निशुल्क पाउनेदेखि वीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालमा विरामीहरु समस्यामा परेका छन्। दैनिक भारी मात्रामा बिरामी आउने जाजरकोट अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता रहेको छ।दुई हप्ताअघि देखि औषधि सकिएको भएपनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीहरु बताउँछन्। दैनिक निशुल्क र बीमा गरेबापत पाउने औषधि खोज्दै बिरामी आएपनि औषधि नहुँदा खाली पठाउनु परेको फार्मेसी विभागले जनाएको छ।मौसमी फ्लूदेखि अन्य रोगका विरामीका कारण केह